नेपालको निर्माण क्षेत्रमा डिजिटलाइजेशन सम्वन्धि एकदिने सम्मेलन सम्पन्न

  • Technology Khabar | ३१ बैशाख २०८१, सोमबार
नेपालको निर्माण क्षेत्रमा डिजिटलाइजेशन सम्वन्धि एकदिने सम्मेलन सम्पन्न

काठमाडौं ।

नेपाल विम फोरम (एनबीआईएमएफ) र नेपाल जलविधुत एशोसियसन (एनएचए)द्धारा विश्व बैंकको सहयोगमा ‘नेपालमा बीआईएम सम्मेलन २०२४’ शीर्षकमा एकदिने सम्मेलन आयोजना सम्पन्न भएको छ।

कार्यक्रमको मुख्य विषय “कसरी कुशल र लागत प्रभावकारी निर्माण प्रक्रियामा डिजिटल प्रविधि “बीआईएम (BIM)” सहायता गर्न सक्छ” भन्ने हो।

यस कार्यक्रdमा अपर अरूण जलविद्युत योजनाको योजना प्रमुख, परामर्शदाता ट्र्याक्टेल कम्पनि, नेपाल विम फोरमका अध्यक्ष, सल्लाहकार, निर्माण व्यवसाय महासंघका प्रतिनिधि, अन्तराष्ट्रिय स्तरका विम विज्ञहरूले समेत प्रस्तुतीकरण तथा मन्तव्य राखेका थिए। समग्र विमको प्रयोगवाट नेपालको जलविद्युत क्षेत्रमा कसरी प्रयोगमा ल्याउन सकिन्छ र कसरी फाइदा लिन सकिन्छ भनेर व्यापक वहस, प्रस्तुतीकरण तथा छलफल भएको आयोजकले जानकारी दिएको छ।

डिजिटल प्रविधिको प्रयोग गर्न मुख्यत: माइन्डसेटमा परिवर्तन ल्याउन जरूरी देखिएको विज्ञ सुनिल सुवाल बताए। डिजिटल प्रविधि प्रयोग गरी लाइडार सर्भे, भवन निर्माणको डिजाइनमा विमको प्रयोग नेपालमा समेत भइरहेको नेपाल विम फोरम तथा विम सम्वन्धि कार्य गर्ने परामर्शदाताले प्रस्तुतीकरणा मार्फत जानकारी गराएका थिए।

विम तथा नविन प्रविधिको खोज अनुसन्धान, अध्ययन तथा प्रयोगमा सहयोग गर्न गैर नाफामुलक संस्था नेपाल विम फोरम संस्था सधै सहयोग गर्ने कुरा नेपाल विम फोरमका अध्यक्ष संकल्प पोखरेलले प्रतिवद्धता जनाए।

यस कार्यक्रमले थप डिजिटलाइजेशन तथा विम सम्वन्धि कार्य गर्न नेपाल विम फोरमलाई अगाडी वढ्न प्रेरणा मिलेको नेपाल विम फोरम नेपालका पूर्व अध्यक्ष महेश कार्कीले बताए।

नेपालको निर्माण क्षेत्रमा विशेषत जलविधुत लगायत निर्माण क्षेत्रमा हुने लागत वढ्ने, निर्माण कार्यको ढिलाइ, डिजाइन त्रुटी तथा जोखिम व्यवस्थापन समेतलाई यस विम प्रविधिले सहयोग गर्ने यस गोष्ठीको निचोड रहेको छ।

करिव डेढ सय हाराहारीमा विभिन्न क्षेत्रका इन्जिनियर, डेभलपर्स, परामर्शदाता, निर्माण क्षेत्रका सरोकारवाला संस्थाका प्रतिनितधि समेत कार्यक्रममा सहभागी भएको जानकारी दिईयो।

प्रकाशित: ३१ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार