
काठमाडौं ।
नेपाल टेलिकमको ग्राहकहरुबाट गर्ने आम्दानी तेस्रो त्रैमासिकमा उच्च स्तरले घटेको छ। कम्पनीले आज सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी ८ अर्ब २३ करोड ४५ लाख १० हजार रुपैयाँमा झरेको छ।
तेस्रो त्रैमासिकको आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १ अर्ब ३ करोड ४७ लाख ८९ हजार रुपैयाँ भन्दा बढीले कम हो।
कम्पनीले अघिल्लो आवको सो त्रैमासिकअवधिमा ९ अर्ब २६ करोड ९२ लाख ९९ हजार रुपैयाँ आम्दानी गरेको थियो।
यस्तै वार्षिक आधारमा हेर्ने हो भनेपनि कम्पनीले करिब २ अर्ब रुपैयाँ गुमाएको देखिन्छ।
वार्षिक आधारमा हेर्दा चालु आवमा अहिलेसम्मको कम्पनीको आम्दानी २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो आवमा सोही अवधिसम्म कम्पनीले २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँ रहेको थियो। जसअनुसार कम्पनीले चालु आवमा १ अर्ब ८६ करोड ५३ लाख ५९ हजार रुपैयाँ आम्दानी गुमाएको छ।
यस्तै कम्पनीले ग्राहकबाट हुने आम्दानीका साथै वित्तीय आम्दानी र अन्य आम्दानी गरेर यस त्रैमासिकमा कुल ९ अर्ब ८९ करोड ५४ लाख ७९ हजार कमाई गरेको छ।
तेस्रो त्रैमासिकको बिबरणअनुसार टेलिकमले १ अर्ब ६६ करोड २३ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिब ५० करोड ५१ लाख ६७ हजार रुपैयाँले अधिक हो। गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब १५ करोड ७१ लाख ९८ हजार रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमासिक अवधिमा कम्पनीले कर्मचारी खर्च बजारीकरण तथा प्रबर्द्धन खर्च नियमनकारी दस्तुरलगायत घटाउन सफल भएको देखिएपनि अफिस संचालन खर्चमा भने उच्च वृद्धि देखिएको छ।
यस्तै यस त्रैमासिकमा कम्पनीलाई वैदेशिक मुद्राबाट हुने घाटा करिब ३० करोड रहेको देखिएको छ।
यसैबीच कम्पनीले विभिन्न कारणले आम्दानीमा कमी आएको जिकिर गरेको छ। कम्पनीकाअनुसार निम्न कारणले आम्दानी घटेको हो।
प्रकाशित: ३१ बैशाख २०८१, सोमबार