एम४आईप्याड प्रो एम३ म्याकबुक प्रो भन्दा तिब्र भएको बेन्चमार्कहरूको खुलासा

Technology Khabar ३१ बैशाख २०८१, सोमबार

काठमाडौं ।

एप्पलले हालैको कार्यक्रममा नयाँ आईप्याड एयर र आईप्याड प्रो मोडलहरू घोषणा गर्यो। यी सबै ट्याब्लेटहरू नयाँ ११ इन्च र १३ इन्च आकारहरूमा आएको छन।

एप्पलको आधिकारिक प्रस्तुतिको क्रममा, एप्पलले एम२–संचालित आईप्याड प्रो र एम४ आईप्याड प्रोको पर्फमेन्समा तुलना गरेको थियो। यसैक्रममा अब एम४ आईप्याड प्रोको गीकबेन्च बेन्चमार्क परिणाम ट्विटरमा देखा परेको छ।

ट्विटरमा ‘वादिम युर्येभ’को पोष्टले २०२४ आईप्याड प्रोको सिंगल–कोर स्कोर ३,७६७ र मल्टि–कोर स्कोर १४,६७७ रहेको खुलासा गरेको छ।

साथै एप्पलले यस अघि नै लन्च कार्यक्रममा नयाँ एम४ चिप एम२ आईप्याड प्रो भन्दा १.५ गुणा तिब्रगतिको भएको बताएको थियो। सन् २०२३ को अक्टोबरमा एम३ म्याकबुक्स प्रस्तुत गरे तापनि, एप्पलले एम३ आईप्याड प्रो स्किप गर्दै त्यसको सट्टामा एम४ आईप्याड प्रो प्रस्तुत गरेको छ।

एम३ र एम४ चिपहरू बीच मात्र ७–महिनाको भिन्नता भएको हुनाले एम३ आईप्याडको स्किप वास्तवमा अर्थपूर्ण भएको जनाइएको छ।

केवल ७ महिनाको अवधिमा एप्पलले २५ प्रतिशत पर्फमेन्स बुस्ट हासिल गर्न सफल भएको गीकबेन्च स्कोरहरूले देखाएको उल्लेख छ। साथै एप्पलले नयाँ एम४ आईप्याड प्रोलाई सबैभन्दा शक्तिशाली र पातलो आईप्याडको रूपमा विज्ञापन गरेको छ।

नयाँ एम४ आईप्याड प्रो सिंगल–कोर पर्फमेन्समा २२ प्रतिशत छिटो र मल्टि–कोर पर्फमेन्समा २५ प्रतिशत छिटो भएको उल्लेख गरिएको छ। साथै एम४ चिपले २०२४ आईप्याड प्रोलाई ११–कोर १४–इन्च एम३ प्रो म्याकबुक प्रो भन्दा पनि तिब्र बनाएको जनाइएको छ।

एप्पलले मात्र ७ महिनामा हासिल गरेको २५ प्रतिशतको पर्फमेन्स बुस्ट उल्लेखनीय भएको र विशेष गरी नयाँ आईप्याड प्रोको ५.१एमएमको पातलो बडिलाई विचार गर्दा यो उपलब्धि झन् धेरै उल्लेखनीय भएको जनाइएको छ।

एप्पलले नयाँ आईप्याड प्रो लाइनअपमा स्टोरेज भेरियन्टमा आधारित विभिन्न एम४ भेरियन्टहरू प्रदान गर्दछ। २५६ जीबी र ५१२ जीबी मोडलहरूमा ३ पर्फमेन्स कोरहरू रहेका छन् भने १ टिबी र २ टिबी मोडलहरूमा ४ पर्फमेन्स कोरहरू रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ३१ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया