दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा

Technology Khabar ३० बैशाख २०८१, आईतवार

काठमाडौं ।

झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि आजदेखि ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको छ। क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन उपसमितिले एक कार्यक्रमबीच ई–लाइब्रेरीको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले शुभारम्भ गरे।

ई–लाइब्रेरीको उद्घाटनका क्रममा अध्यक्ष भण्डारीले शिक्षण सिकाइलाई प्रविधियुक्तसँगै प्रभावकारी बनाउन यस कार्यले सघाउ पुर्याउने विश्वास व्यक्त गरे।

लाइब्रेरी शाखाका प्रमुख हरि ढकालका अनुसार सुरुआतीका क्रममा पाँच कम्प्युटर राखेर ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको छ। आवश्यकताअनुसार थप विस्तार गर्दै लैजाने लक्ष्य राखिएको उनको भनाइ छ।

उनले ई–लाइब्रेरीबाट विद्यार्थीले केन्द्रीय पुस्तकालयको समन्वयमा इरिसोरेर्सलगायतका शैक्षिक अध्ययन गर्न प्रत्यक्ष सुविधा पाउने बताए।

क्याम्पसले यसअघि भने अध्यापकका लागि ई–लाइब्रेरी स्थापना गरेको थियो।

क्याम्पसमा विद्यार्थीका लागि लाइबे्ररी स्रोतसाधनले मजबुत भए पनि हाल सञ्चालनमा रहेको लाइब्रेरी कक्षको भवन भने पर्याप्त नभएकाले छुट्टै भवन निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग आवश्यक बजेटका लागि पहल भइरहेको पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन उपसमितिका संयोजक वेदू गौतमले बताए।

ई–लाइब्रेरी शुभारम्भ कार्यक्रममा क्याम्पसका अध्यापक तथा दमक जेसिजका अध्यक्ष रामचन्द्र अधिकारी, क्याम्पसका प्रमुख प्रशासकीय अधिकृत पदम घिमिरे, सामाजिक अगुवा दिनेश अधिकारी प्राध्यापक, सञ्चालक समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो। पूर्वकै एक ठूलो यस क्याम्पसमा अहिले करिब छ हजार विद्यार्थी अध्ययनरत छन्।रासस

प्रकाशित: ३० बैशाख २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

New computer laboratory for Gyanodaya

३० बैशाख २०८१, आईतवार

‘End of an era’: MTV pulling plug on global music channels

३० बैशाख २०८१, आईतवार

AI training for trekking agencies begins

३० बैशाख २०८१, आईतवार