स्मार्ट राइड सेयरिङ प्लाटफर्म “जुमजुम” सञ्चालनमा

Technology Khabar ३० बैशाख २०८१, आईतवार

काठमाडौं ।

नेपाल मोबिलिटी सोलुन्सन्सले गर्वका साथ “जुमजुम”, नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ। नेपाल मोबिलिटी सोलुसन्स अन्तर्गत एक ब्रान्डको रूपमा, जुमजुम, आफ्ना ग्राहकहरूको सहज र सुबिधायुक्त यात्राका लागि नयाँ विशेषताकासाथ प्रस्तुत भएको छ ।

नेपाली कम्पनी, एफवान सफ्टका विज्ञहरुद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिकमीद्वारा विकसित एप, जुमजुमले, नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकता बमोजिम सुविधा प्रदान गर्ने अपेक्षा राखेको जनाएको छ।

एफवान सफ्ट ग्रुपका सीईओ सुबाश शर्माले आफ्नो उत्साह व्यक्त गर्दै भने “एफवान सफ्टले सँधै डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको छ, नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको छ। जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा यस इकोसिस्टममा समावेश गर्नेछौ।”

कम्पनीकाअनुसार, प्रयोगकर्ता मैत्री इन्टरफेस रहेको जुमजुम एप मार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्नुको साथै रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झट–रहित यात्राको अनुभव सुनिश्चित गर्दछ। जुमजुमले ड्राइभरहरूको लागि प्रमाणिकरण प्रक्रियाहरू र एप भित्र सुरक्षा उपायहरूको साथ यात्रुहरुको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

साथै जुमजुमले चालकहरूको लागि थप आर्थिक अवसरहरू समर्थन गर्दछ, डाइरेक्शनल हायर जस्ता सुविधाहरू मार्फत, चालकहरूलाई उनीहरूको इच्छित यात्रा दिशामा यात्राहरू स्वीकार गर्न अनुमति दिँदै, एउटै दिशामा जाने यात्रुहरूसँगको यात्रा सुनिश्चित गर्ने उल्लेख छ।

जुमजुमले पहिलो तीन सवारीहरूमा ७५ प्रतिशत छुटको प्रस्तावको साथ यात्रुहरूको लागि अविश्वसनीय बचतमा जोड दिएको छ । थप रूपमा, चालकहरूले १००० रुयैयाँ ज्वाइनिङ बोनस सहित आकर्षक बोनसहरूबाट लाभ उठाउन सक्छन । प्रारम्भिक दुई हप्ताको लागि शुन्य प्रतिशत कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जती धेरै राइड त्यती कम कमिसनको योजना ल्याएको छ, साथै चालकहरु दैनिक बोनस रु. २००० रुपैयाँसम्म कमाउन सक्ने दाबी गरिएको छ।

एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले, जुमजुमले नेपालको यातायातको परिदृश्यमा क्रान्ति ल्याइरहेको मात्रै नभएर रोजगारीका अवसरहरू सिर्जना गरी हाम्रो अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउने बताएको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ३० बैशाख २०८१, आईतवार

तपाइको प्रतिक्रिया