अमेरिकामा स्मार्टफोनको बिक्री घट्दो क्रममा, एप्पल शीर्ष स्थानमा

  • Technology Khabar | ३० बैशाख २०८१, आईतवार
अमेरिकामा स्मार्टफोनको बिक्री घट्दो क्रममा, एप्पल शीर्ष स्थानमा

काठमाडौं ।

बजार अनुसन्धान फर्म काउन्टरपोइन्ट रिसर्चले संयुक्त राज्य अमेरिकामा स्मार्टफोन बजारको सन् २०२४ को पहिलो त्रैमासको आफ्नो विश्लेषण सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार, ढुवानी वार्षिक आधारमा ८ प्रतिशतले घटेको छ, जुन वार्षिक रुपमा गिरावटको लगातार छैटौं त्रैमासिक भएको जनाइएको छ।

सबै बिक्रीको ५२ प्रतिशत एप्पलको भएको तर कम्पनीको बजार हिस्सा समान रहेको छ। यस्तै सामसङले आफ्नो शेयर अलिकति बढाएर २७ प्रतिशत बाट ३१ प्रतिशत बनाएको उल्लेख छ।

अमेरिकीहरूले अझै पनि आफ्नो फोन अपग्रेड गर्न नचाहेको काउन्टरप्वाइन्टका उत्तर अमेरिकाका लागि अनुसन्धान निर्देशक जेफ फिल्डह्याकले बताएका छन्।

सन् २०२३ को पहिलो त्रैमासको तुलनामा हालको ढुवानीहरु कम भएको जनाइएको छ। साथै सन् २०२३ मा आईफोन १४ प्रो र प्रो म्याक्सको उच्च शिपमेन्टको नक्कल १५ सिरिजले गर्न नसकेको उल्लेख छ। यसका साथै सब–३०० अमेरिकी डलर खण्डहरूमा एन्ड्रोइड ढुवानीमा पनि गिरावट देखिएको छ।

सस्तो मूल्यको बजारले कन्सोलिडेसन देख्न जारी राखेको छ भने निर्माताहरूले क्यारियर च्यानलहरूमा फाईभजी मोडलहरूका लागि एलटीई फोनहरू चरणबद्धरुपमा हटाईरहँदा नयाँ प्रडक्ट (उत्पादन) को लन्चहरू घटिरहेको उल्लेख गरिएको छ।

फाईभजी कनेक्टिभिटीको थप लागतले ओईएमहरूलाई प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण बनाउँछ भनि वरिष्ठ विश्लेषक मौरिस क्लाह्नेले बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३० बैशाख २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार