दुई दिने युवा वैज्ञानिकको सम्मेलन सकियो

  • Technology Khabar | २९ बैशाख २०८१, शनिबार
दुई दिने युवा वैज्ञानिकको सम्मेलन सकियो
सुर्खेत, २७ वैशाख : युवा वैज्ञानिक सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ सोसियल साइन्स एण्ड टेक्नोलोजीले आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनमा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल लगायत । फाइल तस्बिर : सुरेश आचार्य/रासस
Global IME Bank

काठमाडौं ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित दुईदिने युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा आयोजित सम्मेलनमा दुई दर्जनभन्दा बढी कलेजका युवा विद्यार्थीरूको सहभागिता रहेको थियो ।

समापन समारोहमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले अबको विश्व युवाको काँधमा रहेको बताए। “आज संसारका धनी मुलुक सूचना, प्राविधिको विकासल त्यहाँ पुगेका हुन् । त्यसमा युवाहरूको ठूलो योगदान छ । अब नेपालमा पनि सूचना प्रविधिको विकासमार्फत युवाहरूको क्षमताको उपयोग गर्न जरूरी छ । त्यसले मात्रै नेपालको विकासमा योगदान पुग्छ”, उनले भने।

सम्मेलनमा दुई दिनसम्म चलेका बृहत् छलफलबाट हासिल गरेका ज्ञानलाई आफ्नो जीवनमा प्रयोग गर्न उनले आग्रह गरे।

सम्मेलनका एक हजार छ सयभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको छ ।रासस

प्रकाशित: २९ बैशाख २०८१, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार