काठमाडौं ।
एप्पलले आफ्नो आईप्याड–केन्द्रित कार्यक्रममा नयाँ आईप्याड प्रोलाई पावर्ड (शक्ति प्रदान) गर्ने ब्रान्ड न्यू एम४ चिप अनावरण गरेको छ। एम४ चिप एप्पलको सबैभन्दा फास्ट न्यूरल इन्जिनसँग आएको र यसले प्रति सेकेन्ड ३८ ट्रिलियन अपरेशनहरू गर्न सक्षम भएको उल्लेख गरिएको छ।
साथै यो “अहिलेको कुनै पनि एआई पीसीको न्यूरल प्रोसेसिङ एकाइ भन्दा तिब्र” भएको एप्पलले बताएको छ।
एम४ ले “नयाँ आईप्याड प्रोलाई आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को लागि एक शक्तिशाली डिभाइस बनाउने” उल्लेख छ। साथै सन् २०२४ देखि एप्पलले एआई क्षेत्रमा प्रवेश गर्ने वर्ष भएको लामो समयदेखि चर्चाहरु पनि आइरहेको उल्लेख छ।
एम४ मा १० सीपीयू कोरहरू छन्, जसमध्ये ४ ओटा पर्फमेन्स कोरहरू रहेको र ६ ओटा इफिसियन्सी कोरहरू भएको जनाइएको छ। त्यसैगरी सीपीयूलाई सन् २०२२ को अघिल्लो आईप्याड प्रोको एम२ भन्दा १.५ गुणा छिटो भएको बताइएको छ।
यो चिपलाई दोस्रो पुस्ताको ३एनएम प्रक्रियामा बनाइएको र पूर्ण रूपमा नयाँ डिस्प्ले इन्जिनसँग आउने भएकाले यसमा टेन्डम ओएलईडी समर्थन र १० हर्ज देखि १२० हर्ज प्रोमोसन समर्थन पनि रहेको छ।
त्यसैगरी जीपीयू तर्फ १० कोरहरु र हार्डवेयर–एक्सिलेरेटेड रे ट्रेसिङका साथै हार्डवेयर–एक्सिलेरेटेड मेस सेडिङ पनि रहेको उल्लेख छ। एम४ ले पनि एम२ ले जस्तै आधा पावर प्रयोग गरेर उस्तै प्रकारको पर्फमेन्स प्रदान गर्नेछ भने “पातलो र हल्का ल्यापटपमा पछिल्लो पीसी चिप” ले पावरको एक चौथाइ मात्र प्रयोग गरेर उस्तै प्रकारको पर्फमेन्स प्रदान गर्ने दाबी छ।
एम४ ले एच.२६४, एचईभीसी र प्रोरेसको अतिरिक्त एभी१ कोडेकको हार्डवेयर एक्सिलिरेसनलाई समर्थन गर्ने जनाइएको छ। साथै हालैका अफवाहहरूका अनुसार, एम४–पावर्ड (संचालित) म्याकहरू पनि यसै वर्ष पछि आउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २९ बैशाख २०८१, शनिबार