
काठमाडौं ।
आफ्नै श्रीमतीको श्रीमतीको गोप्य अङ्ग देखिने तस्विर/भिडियो सामाजिक सञ्जालमा हालेर महिलाको चरित्र हत्या गर्ने व्यक्तिलाई साइबर ब्यूरोले पक्राउ गरेको छ।
वैदेशिक रोजगारीमा रहँदा आफ्नो श्रीमानसँग सामाजिक सञ्जाल ह्वाट्सएपमा कुराकानी गर्ने क्रममा श्रीमान/श्रीमती बीचमा आदान प्रदान भएका गोप्य अङ्ग देखिने तस्विर/भिडियो सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई स्टोरीमा समेत कोही कसैले अपलोड गरेको प्रहरीले जानकारी दिएको छ।
उक्त तस्विर/भिडियो पीडितको साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाई पीडितको बदनाम बेइज्जत गरी चरित्र हत्या हुने कार्य गरेकोले सो सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारबाही गरीदिन भन्दै पीडितकी दिदीले साइबर ब्यूरोमा निवेदन दिएको प्रहरीले भनेको छ।
सो सम्बन्धमा अनुसन्धान तथा प्राविधिक विश्लेषण गरेर मकवानपुर छतिवन बकैया गा.पा. वडा नं. ७ चुलुङ्गा स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३२ जडिबुटी बस्ने वर्ष २४ को पीडितकै श्रीमान फुर्साङ रुम्बा रहेको साईबर ब्यूरोले उल्लेख गरेको छ।
निजलाई विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति बैशाख २७ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोका उप-निर्देशक तथा प्रवक्ता दिपक राज अवस्थीले जानकारी दिएका छन्।
प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार