विद्युतीय गाडी उत्पादनको तयारी

Technology Khabar २८ बैशाख २०८१, शुक्रबार

काठमाडौं ।

कोशी प्रदेशमा तीन अर्ब रुपियाँभन्दा बढीको लगानीमा स्थापना भएको कोशी एनके मोटर्स प्रालिले एक वर्षभित्रै विद्युतीय सवारीसाधन उत्पादन गर्ने तयारी गरिरहेको छ।

चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग औपचारिक सम्झौता गरेर कम्पनीले सवारीसाधन उत्पादन गर्ने तयारीलाई तीव्रता दिएको हो ।

कोशी एनके मोटर्स कम्पनीका अध्यक्ष टीकाराम पुरीले एक वर्षभित्रै उत्पादन सुरु गर्ने गरी काम अगाडि बढाएको जानकारी दिए। उनको अनुसार पहिलो चरणमा विद्यालय तथा कलेजको प्रयोजनमा आउने माइक्रो र हलुका सवारीसाधन उत्पादन गर्ने कम्पनीको योजना रहेको छ। नेपाली लगानीकर्ताको लगानी र चिनियाँ प्रविधिको सहयोगमा गाडी उत्पादन गर्न लागेको अध्यक्ष पुरीले बताए।

उनले भने, “चिनियाँ लगानी होइन, प्राविधिक सहयोग लिएर हामीले विद्युतीय सवारीसाधन उत्पादन गर्न लागेका हौँ। हामीले पहिलो चरणमा तीन अर्ब रुपियाँ लगानी गर्ने योजना बनाएका छौँ।”

कम्पनीका पार्टस् तथा आवश्यक कच्चा पदार्थ खरिद गर्ने तथा दुई वर्षसम्म दक्ष चिनियाँ प्राविधिकले सहयोग गर्ने सम्झौता भएको पनि उनको भनाइ छ।

नेपालमा लगानी सम्मेलन चलिरहेको अवस्थामा केही सञ्चार माध्यमले चिनियाँ कम्पनीको लगानी भन्ने विषय जोडेर समाचार आएपछि आफूहरूको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष पुरीले लगानीको विषयमा भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे। नेपालमा उत्पादन हुने सवारीसाधन नेपाली ब्रान्डकै हुने उनले स्पष्ट पारे।

नेपालमै सबै किसिमका चारपाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने उद्देश्यका साथ १७ वैशाखमा कोशी एनके मोटर्स प्रालि र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबिच सम्झौता भएको थियो।

कोशी एनके मोटर्सले मोरङको बुढीगङ्गामा १५ बिघा क्षेत्रफलमा कम्पनी स्थापना गरी सञ्चालनको तयारी गरेको छ। कम्पनीले प्रत्येक महिना ७५० वटा गाडी उत्पादन गर्ने लक्ष्य लिएर काम अगाडि बढाएको जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

New computer laboratory for Gyanodaya

२८ बैशाख २०८१, शुक्रबार

‘End of an era’: MTV pulling plug on global music channels

२८ बैशाख २०८१, शुक्रबार

AI training for trekking agencies begins

२८ बैशाख २०८१, शुक्रबार