नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने तयारी, प्रत्येक महिना ७५० ओटा गाडी उत्पादन गर्ने लक्ष्य

  • Technology Khabar | २७ बैशाख २०८१, बिहीबार
नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने तयारी, प्रत्येक महिना ७५० ओटा गाडी उत्पादन गर्ने लक्ष्य

काठमाडौं ।

कोशी प्रदेशमा तीन अर्ब रुपियाँ भन्दा बढी लगानीमा स्थापना भएको कोशी एनके मोटर्स प्रालिले एक वर्षभित्रै विद्युतीय सवारी साधन उत्पादन गर्ने गरी कामलाई अगाडि बढाएको छ।

चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग औपचारिक सम्झौता गरेर कम्पनीले सवारी साधन उत्पादन गर्ने तयारीलाई तीव्रता दिएको हो। कोशी एनके मोटर्स कम्पनीका अध्यक्ष टीकाराम पुरीले एक वर्षभित्रै उत्पादन सुरु गर्नेगरी ‘फाष्ट ट्रयाक’बाट काम अगाडि बढाएको जानकारी दिए।

कम्पनीले पहिलो चरणमा सुरुमा विद्यालय तथा कलेज प्रयोजनमा प्रयोग हुने माइक्रो र हलुका सवारी साधन उत्पादन गर्ने गरी काम अगाडि बढाएको अध्यक्ष पुरीले बताए। त्यससँगै क्रमशः सबै किसिमका सवारी साधन उत्पादन गर्ने योजना रहेको उनले बताए।

नेपाली लगानीकर्ताको लगानी र चिनियाँ प्रविधिको सहयोगमा गाडी उत्पादन गर्न लागेको अध्यक्ष पुरीले बताए। उनले भने, ‘चिनियाँ लगानी होइन प्राविधिक सहयोग लिएर हामीले विद्युतीय सवारी साधन उत्पादन गर्न लागेका हौँ, हामीले पहिलो चरणमा ३ अर्ब लगानी गर्ने योजना बनाएका छौँ। ‘लगानी कोशी एनके मोटर्सले गर्ने हो। चिनियाँ कम्पनीले हामीलाई प्राविधिक सहयोग गर्छ। त्यस कम्पनीका पार्टस् तथा आवश्यक कच्चा पदार्थ हामीले खरिद गर्ने तथा दुई वर्षसम्म दक्ष प्राविधिक हामीलाई सहयोग गर्ने सम्झौता भएको हो।’

नेपालमा लगानी सम्मेलन चलिरहेको अवस्थामा केही सञ्चार माध्यमले चिनियाँ कम्पनीको लगानी भन्ने विषय जोडेर समाचार आएपछि आफूहरूको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष पुरीले लगानीको विषयमा भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे।

नेपालमा उत्पादन हुने सवारी साधन नेपाली ब्राण्डकै हुने उनको भनाइ छ। यसलाई नेपालको उत्पादन भनेर सबैले गौरव गर्नसक्ने बताए। नेपालमै सबै किसिमका चारपाङ्ग्रे सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ १७ वैशाखमा कोशी एनके मोटर्स प्रा।लि र चाइनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड बिच द्विपक्षीय सम्झौता भएको थियो।

कोशी एन के मोटर्सले मोरङको बुढीगंगामा १५ बिघा क्षेत्रफलमा कम्पनी स्थापना गरी सञ्चालको तयारी गरेको छ। कम्पनीले प्रत्येक महिना ७५० ओटा गाडी उत्पादन गर्ने लक्ष्य लिएर काम अगाडि बढाएको जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Artemis II astronauts bound for moon after rocketing away on NASA’s first lunar voyage in decades

  • Technology Khabar
  • २७ बैशाख २०८१, बिहीबार