डिज्नी र वार्नरले स्ट्रिमिङ सेवा बन्डल गर्ने

  • Technology Khabar | २७ बैशाख २०८१, बिहीबार
डिज्नी र वार्नरले स्ट्रिमिङ सेवा बन्डल गर्ने

काठमाडौं ।

वोल्ट डिज्नी र वार्नर ब्रोज डिस्कभरीले यस समरमा अमेरिकामा ग्राहकका लागि डिज्नी प्लस, हुलु र म्याक्स स्ट्रिमिङ सेवाको बन्डल प्रस्ताव गर्न सुरु गर्ने बताएका छन्।

नयाँ प्याकेज तीन अटौ स्ट्रिमिङ प्लेटफर्ममा ग्राहकका लागि उपलब्ध हुने बीबीसीले उल्लेख गरेको छ।

मिडिया जायन्टले ग्राहकका लागि विज्ञापन सहित र विज्ञापन रहित योजनाहरू प्रस्ताव गर्नेछन्। तर ग्राहकसँग कति शुल्क लिने भनेर खुलासा गरिएको छैन।

यो कदम डिज्नी र वार्नर ब्रोजले नेटफ्लिक्स र अमेजन प्राइम भिडियो सहित प्रतिद्वन्द्वीहरूबाट प्रतिस्पर्धाको सामना गरिरहेको समयमा आएको हो।

‘यस नयाँ प्रस्तावले… ग्राहक बढाउन र उनीहरुलाई प्लेटफर्ममा कायम राख्न मद्दत गर्नेछ,’ वार्नर ब्रोज डिस्कभरीका कार्यकारी जेबी पेरेटले एक विज्ञप्तिमा भने।

दुई मिडिया कम्पनीले आगामी हप्तामा योजनाहरूको बारेमा थप विवरणहरू प्रकट गर्ने बताए।

दर्शकहरू परम्परागत टिभीबाट टाढा जाँदा, डिज्नी र वार्नर ब्रोज जस्ता कम्पनीहरू माथि आफ्नो स्ट्रिमिङ सेवामा थप ग्राहकलाई आकर्षित गर्ने दबाव बढ्दो क्रममा छ।

उनीहरूको संयुक्त प्रस्ताव एकअर्काको पूरक हुने कम्पनीको विश्वास छ।

डिज्नी प्लस पारिवारिक मैत्री शो र फिल्मका लागि चर्चित छ घने वार्न म्याक्स एचबीओ र युवा केन्द्रित सामग्रीको घर हो।

पछिल्ला केही वर्षदेखि स्ट्रिमिङ कम्पनीहरुले संयुक्त रुपमा आफ्ना सेवाहरु प्रस्ताव गर्दै आइरहेका छन्।

फेब्रुअरीमा वाल्ट डिज्नको ईएसपीएन, फक्स कर्प र वार्न ब्रोज डिस्कभरीले शरद ऋुतुमा लन्च हुने नयाँ स्पोर्ट्स प्लेटफर्म घोषणा गरेका थिए।

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार