साइबर सुरक्षा सम्बन्धी, साइबर ब्यूरोको पाँच टिप्स

Technology Khabar २७ बैशाख २०८१, बिहीबार

काठमाडौं ।

सूचना प्रविधिको विकास र बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम पनि बढ्दो छ। नेपालमा पनि पछिल्लो समय साइबर सुरक्षाको घटना बढ्दो क्रममा छ। यस्तो नेपाल प्रहरीको साइबर ब्यूराले प्रयोगकर्ताका लागि साइबर सुरक्षा सम्बन्धी टिप्स दिएको छ।

यस्तो साइबर ब्यूरोको टिप्स

सुरक्षित पासवर्ड प्रयोग गर्ने

  • अकाउन्ट पिच्छे फरक पासवर्ड प्रयोग गर्ने।
  • समय समयमा पासवर्ड परिवर्तन गर्ने।
  • शक्तिशाली र अद्वितीय पासवर्ड राख्ने।
  • पासवर्डसँगै थप सुरक्षाको लागि २एफए वा एमएफए (पाववर्डसँगै ओटीपी कोड) प्रयोग गर्ने।
  • दुई वा मल्टी फ्याक्टर अथेन्टिकेसन (प्रमाणीकरण) जस्तै ओटीपी कोड वा फ्रिन्गरप्रिन्ट पासवर्डमा राख्ने।

 

अप्रत्याशित लिंक वा नभरेको चिट्ठा पर्यो?

  • एसएमएस/मेसेन्जर/ह्वाट्सएपमा जुनसुकै लिंक आएमा विश्वासिलो यकीन नभई जथाभावी क्लिक नगर्ने।
  • विदेशबाट पार्सल/गिफ्ट आएको छ, भन्सार कटाउनुपर्यो भनि रकम माग गरेमा हतारिएर रकम नबुझाउने।
  • भर्दै नभरेको चिट्ठा पर्यो भनि मेसेज आएमा प्रलोभनमा नपर्ने।
    आफ्नो पासवर्ड तथा ओटीपी कसैसँग पनि सेयर नगर्ने।

 

गोप्य विवरण गोप्य नै राख्ने बानी बसालौं

  • सामाजिक सञ्जालमा अनावश्यक व्यक्तिगत विवरण तथा आपत्तिजनक तस्वीर, भिडियोहरु नहेर्ने।
  • विभिन्न माध्यमबाट आउने लिंक, एप्स, वेबसाइट, अनलाइन फारामहरु आदिबारे सचेत रहने।

 

आर्थिक कारोवारबारे सचेत रहौं

  • ईमेल तथा मोबाइलमा आउने सक्ने आकर्षक उपहार वा चिट्ठाको भर नपर्नुहोस्।
  • आपत पर्यो भनि चिनेकै व्यक्तिले रकम माग गरेमा फोनकल गरी यकीन समेत गर्ने।

 

प्राविधिको प्रयोगबारे जानकार रहौं

  • आवश्यकता अनुसार कम्प्युटरमा एनटीभाइरस सफ्टवेयर तथा एडब्लकर प्रयोग गर्ने।
  • कुनै पनि प्रोग्राम/सफ्टवेयरको सक्कलै प्रति वा संस्करण प्रयोग गर्ने।
  • अत्यावश्यक डाटालाई फरक फरक माध्यममा नियमित ब्याकअप गर्ने।

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

New computer laboratory for Gyanodaya

२७ बैशाख २०८१, बिहीबार

‘End of an era’: MTV pulling plug on global music channels

२७ बैशाख २०८१, बिहीबार

AI training for trekking agencies begins

२७ बैशाख २०८१, बिहीबार