भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्यूआर मार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने

Technology Khabar २६ बैशाख २०८१, बुधबार

काठमाडौं ।

सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ।

यस सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र यूपीआईमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यूआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्।

यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले विश्वास लिएको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: २६ बैशाख २०८१, बुधबार

तपाइको प्रतिक्रिया