सफ्टबैंकको नेतृत्वमा बेलायतको सेल्फ ड्राइभिङ स्टार्टअपले १ बिलियन डलर फन्डिङ उठायो

  • Technology Khabar | २६ बैशाख २०८१, बुधबार

काठमाडौं ।

बेलायती सेल्फ-ड्राइभिङ टेक्नोलोजी स्टार्टअप वेभले मंगलबार सफ्टबैंक समूहको नेतृत्वमा फन्डिङ राउन्डमा १.०५ बिलियन अमेरिकी डलर जुटाएको बताएको छ। यसबाट कम्पनीले आफ्नो इम्बोडेड एआई टेक्नोलोजीको उत्पादन-मोडेल सवारीसाधनको विकासलाई गति दिन र मानव व्यवहारबाट सिक्न र अनुकूलन गर्नेछ।

हालको लगानीकर्ता माइक्रोसफ्ट जस्तै एनभिडियाले पनि एक नयाँ लगानीकर्ताको रुपमा सिरिज सी फन्डिङ राउण्डमा योगदान दिएको छ।

नयाँ फन्डिङबाट वेवको कुल फन्ड १.३ बिलियन अमेरिकी डलरभन्दा बढी भएको छ। यो आर्टिफिसियल इन्टेलिजेनस टेक्नोलोजिमा केन्द्रित ब्रिटिश स्टार्टअपको हालसम्मको सबैभन्दा ठूलो लगानी भएको बीबीसीले उल्लेख गरेको छ।

एक विज्ञप्तिमा, बेलायती प्रधानमन्त्री ऋषि सुनकले फन्डिङ राउन्डलाई स्वागत गर्दै भने, “यसमा हाम्रो नेतृत्वको प्रमाण’ बताए र उद्योग, यहाँको (यूके) अर्थव्यवस्थाको लागि हाम्रो योजना काम गरिरहेको छ।’

२०१७ मा स्थापित, वेभ अटोनोमोस ड्राइभिङ टेक्नोलोजी एआईको प्रयोग गर्दछ। जसको बारेमा स्टार्टअपले भनेको छ, “कडा ढाँचा वा नियमहरू पालन नगर्ने अवस्थाहरूमा नेभिगेट गर्न सक्षम गर्दछ, जस्तै ड्राइभरहरू, पैदल यात्रीहरू, वा वातावरणीय तत्वहरू द्वारा अप्रत्याशित कार्यहरू।’

‘यसले अटोमेकरहरू र फ्लीटहरूलाई सहयोगीबाट अटोनोमस ड्राइभिङमा उनीहरूको संक्रमणलाई गति दिन सक्षम बनाउनेछ,’ वेभका सीईओ एलेक्स केन्डलले रोयटर्सलाई भने।

‘स्टार्टअपको टेक्नोलोजी हाल ६ फरक सवारी प्लेटफर्ममा एकीकृत छ। जसमा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम (एडीएएस) को भागको रूपमा जगुआर आई–पेस र फोर्ड मस्टाङ म्याचई लगायत इलेक्ट्रिक सवारी साधन समावेश छ,’ केन्डलले भने। सेल्फ ड्राइभिङ टेक्नोलोजी बढ्दै जाँदा, वेभको एआईलाई ओभर–द–एयर सफ्टवेयर अपडेटहरू प्रयोग गरेर अपग्रेड गरिनेछ।

प्रकाशित: २६ बैशाख २०८१, बुधबार

तपाइको प्रतिक्रिया