दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन

  • Technology Khabar | २४ बैशाख २०८१, सोमबार
दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन

काठमाडौं ।

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ। यही वैशाख १९ गते परेको चट्याङले भोटखोला–२ र ४ को सिमानामा रहेको लची डाँडामा राखिएको टावरमा क्षति पुगेपछि उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन अवरुद्ध भएको थियो।

दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा शनिबारदेखि पुनः सञ्चालन भएको दूर सञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिए। विराटनगरदेखि आएको प्राविधिक टोलीले लची डाँडामा राखिएको टावरमा मर्मत गरेपछि शनिबारदेखि सञ्चालन भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख राईले बताए।

भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको लची डाँडामा राखिएको टावरमा चट्याङले बिगारेपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । चट्याङले ब्याट्री ब्याकअप, उपकरण र टावरका सामग्री पड्केपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला–२ र ३ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा लाभान्वित भएका छन्। विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गर्छ।

प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीदेखि प्राविधिक टोली समयमा पुग्न कठिन भएको थियो । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ।रासस

प्रकाशित: २४ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार