राइड हेलिङ्ग कम्पनी इन्ड्राइभको सेवा आजदेखि औपचारिकरुपमा शुरु हुने

  • Technology Khabar | २४ बैशाख २०८१, सोमबार
राइड हेलिङ्ग कम्पनी इन्ड्राइभको सेवा आजदेखि औपचारिकरुपमा शुरु हुने

काठमाडौं ।

राइड हेलिङ्ग सेवा प्रदायक इन्ड्राइभले नेपालमा औपचारिकरुपमा सेवा शुरु गरेको छ। कम्पनीले करिब २ वर्षदेखि नेपालमा सेवा दिँदै आएपनि अहिलेसम्म औपचारिकरुपमा दर्ता हुनसकेको थिएन्।

इन्ड्राइभले आज एक कार्यक्रममार्फत औपचारिकरुपमा सेवा शुरु गरेको घोषणा गर्ने भएको छ।

यसको लागि इन्ड्राइभले नेपालमानै कार्यालय संचालनमा ल्याएको छ भने अबदेखि हरेक राइडको भुक्तानीमा राइडरबाट कमिशन समेत लिनेछ।

तर कम्पनीले बजारमा चलेको भन्दा न्यूनतम कमिशन शुल्कमा सेवा संचालन गर्ने बताईएको छ।

यस्तै कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आइएमईपेसँग समेत सम्झौता गर्ने तयारी गरेको छ।

इन्ड्राइभले नेपालमा राइड हेलिङ्गका साथसाथै सामाजिक उत्तरदायित्वअन्तरगत विभिन्न क्षेत्रमा सहकार्य समेत गर्दै आएको छ।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार