टेस्लाको अमेरिकामा मोडल वाई लंग रेञ्ज आरडब्ल्यूडी भर्सन लन्च

  • Technology Khabar | २४ बैशाख २०८१, सोमबार
टेस्लाको अमेरिकामा मोडल वाई लंग रेञ्ज आरडब्ल्यूडी भर्सन लन्च

काठमाडौं ।

टेस्लाले शुक्रबार अमेरिकामा मोडेल वाईको लंग रेञ्ज आरडब्ल्यूडी भर्सन सार्वजनिक गरेको छ। यसले अघिल्लो मोडेल वाई आरडब्ल्यूडीलाई प्रतिस्थापन गर्नेछ।

कार ४४ हजार ९९० अमेरिकी डलर ( अनिवार्य शुल्क १ हजार ६४० अमेरिकी डलर) सुरुवाती मूल्यमा उपलब्ध छ। यो हालको आरडब्ल्यूडी भर्सनको मूल्य (हालको मूल्य कटौती पछिको ४२ हजार ९९० अमेरिकी डलर) भन्दा २ हजार अमेरिकी डलर कम हो।

नयाँ टेस्ला मोडेल वाई लंग रेञ्ज आरडब्ल्यूडी पूर्ण ७ हजार ५०० अमेरिकी डलर संघीय कर क्रेडिटका लागि योग्य भएकाले सबै मोडेल वाई भर्सन जस्तै यसको मूल लागत ३९ हजार १३० अमेरिकी डलर हो।

नयाँ कारको अनुमानित ईपीए रेञ्ज ३२० माइल छ। अधिकतम गति १३५ माइल प्रति घण्टा र ० देखि ६० माइल प्रति घण्टा ६.५ सेकेन्डमा हासिल गर्छ। यो आरडब्ल्यू भन्दा ०.१ सेकेनड तीव्र हो।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार