दोस्रो त्रैमासममा फक्सकनको राजस्व बढ्ने, अप्रिलमा बिक्री बढ्यो

  • Technology Khabar | २४ बैशाख २०८१, सोमबार
दोस्रो त्रैमासममा फक्सकनको राजस्व बढ्ने, अप्रिलमा बिक्री बढ्यो

काठमाडौं ।

कन्ट्रयाक्टर इलेक्ट्रोनिक्स निर्माता र एप्पल आईफोनको सबैभन्दा ठूलो एसेम्बरल फक्सकनले आतइबार दोस्रो त्रैमासिकमा राजस्व वृद्धि हुने गरेको छ। अप्रिलमा रेकर्ड बिक्री रिपोर्ट गरेको छ।

फक्सकनले एक विज्ञप्तिमा भन्यो कि यस वर्षको दोस्रो त्रैमासिक ‘परम्परागत अफ–पीक सिजन रहन्छ, र प्रमुख उत्पादनहरू पुराना र नयाँ उत्पादनहरू बीचको संक्रमणको अवधिमा प्रवेश गर्दैछन्।’

कम्पनीले थपेको छ, ‘दोस्रो त्रैमासको अपरेशन आउटलुकले त्रैमासिक र वार्षिक वृद्धि दुवै देखाउने अपेक्षा गरिएको छ।’

विज्ञप्तिमा विस्तृत जानकारी दिइएको छैन र कम्नीले संख्यात्मक मार्गदर्शन नदिएको रोयटर्सले उल्लेख गरेको छ।

कम्पनीले अप्रिलमा राजस्व १४.८३ बिलियन पुगेको बताएको थियो। यो सोही अवधिको रेकर्डमा सबैभन्दा उच्च तथ्यांक हो र १९ प्रतिशत वार्षिक वृद्धिको प्रतिनिधित्व गर्छ।

अप्रिलमा स्मार्टफोन सहित कम्पनीको स्मार्ट कन्जुमर इलेक्ट्रोनिक्स उत्पादमा राजस्वमा गत वर्षको तुलनामा महत्वपूर्ण वृद्धि देखिएको विज्ञप्तिमा बतायएको छ।

बलियो आर्टिफिसियल इन्टेलिजेनस (एआई) सर्भरको मागले पनि कम्पनीको क्लाउड र नेटवर्किङ उत्पादन सेग्मेन्टका लागि अप्रिमा ‘बलियने वृद्धि प्रदान गरेको छ,’ कम्पनीले थप्यो।

मासिक बिक्री डाटा फक्सकनको मे १४ को पहिलो त्रैमासिक आय कल भन्दा अघि आएको हो।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...