एप्पल आईफोनको बिक्री १० प्रतिशतले घट्यो

  • Technology Khabar | २२ बैशाख २०८१, शनिबार
एप्पल आईफोनको बिक्री १० प्रतिशतले घट्यो

काठमाडौं ।

एप्पलको पछिल्लो नतिजा अनुसार विश्वभरका लगभग हरेक बजारमा आईफोनको बिक्री घटेको छ।

टेक्नोलोजी जायन्टले यस वर्षको पहिलो तीन महिनामा आफ्नो स्मार्टफोनहरूको समग्र माग १० प्रतिशत भन्दा बढीले घटेको बताएको छ, युरोप बाहेक सबै भौगोलिक क्षेत्रमा बिक्री घटेको कम्पनीको भनाइ छ।

एप्पलका अनुसार समग्र कम्पनीको राजस्व ४ प्रतिशतले घटेर ९८.८ बिलियन अमेरिकी डलर पुगेको छ। यो एक वर्ष भन्दा बढीको लागि सबैभन्दा ठूलो गिरावट भएको बीबीसीले उल्लेख गरेको छ।

कम्पनीले तथ्यांकहरू कोभिड–सम्बन्धित आपूर्ति अवरोधहरूले विकृत गरेको बताएको छ, जसले गत वर्षको सोही अवधिमा असामान्य रूपमा बलियो बिक्री भएको थियो।

आगामी उत्पादनको लन्च र आर्टिफिलियल इन्टेलिजेन्स (एआई) गरिएको लगानीलाई ध्यानमा राख्दै कम्पनीले आगामी महिनामा बिक्री बढ्ने अपेक्षा गरेको छ।

आईफोनका लागि महत्वपूर्ण ठूलो बजारको रुपमा रहेको चीनमा ८ प्रतिशतले बिक्री घटेको छ।

प्रकाशित: २२ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...