भारतमा एम्पियर इलेक्ट्रिक स्कुटर नेक्सस सार्वजनिक, रेञ्ज १३६ किलोमिटर

Technology Khabar २१ बैशाख २०८१, शुक्रबार

काठमाडौं ।

इलेक्ट्रिक दुई पाग्रे निर्माता एम्पियर इलेक्ट्रिकले भारतमा नयाँ एनएक्सजी इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। यस प्रिमियर स्कुटरलाई कम्पनीले एक लाख ९ हजार ९०० भारु (एक्स शोरुम) सुरुवाती मूल्यमा पेस गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। नयाँ इलेक्ट्रिक स्कुटर डिजिटल कन्सोलका साथ पेस गरिएको छ।

एम्पियर नेक्सस इलेक्ट्रिक स्कुटर पूर्ण रुपमा भारतमा डिजाइन, विकास र निर्माण गरिएको दाबी गरिएको छ। पानीमा गरिएको परीक्षणमा ईस्कुटरले जल प्रतिरोध क्षमता प्रदर्शन गरेको छ।

फिचर्स

एम्पियर नेक्सस इलेक्ट्रिक स्कुटरमा एलईडी लाइटिङका साथ चार्जिङ पोर्ट, हिल होल्ड असिस्टेन्स, साइड स्ट्यान्ड अलर्ट, नेभिगेशन, कस्टमाइजेबल राइड मोड लगायत फिचर्स दिइएको छ।

नयाँ इलेक्ट्रिक स्कुटरमा ७ इन्चको डिजिटल कन्सोल दिइएको छ। जसले स्पीड ट्याकि, गुडेका दुरी, चार्जिङ लेवल, ब्लूटूथ कनेक्टिभिटी, नेटवर्क कनेक्टिभिटी लगायत फिचर्स छ। यसमा कल अलर्ट पनि दिइएको छ।

नयाँ ईस्कुटरमा ट्विन सस्पेन्शनका साथ यस क्याटगरीको सबैभन्दा उत्कृष्ट हाइब्रिड स्विङ आर्म पाउन सकिन्छ। साथै एयर कूल आर्किटेक्चरमा एयरो डाइनेमिक्स छ। यस्तै ईस्कुटरमा हलुका एल्यूमिनियम ग्रैब ह्यान्डलका साथ डिजाइन गरिएको ठूलो सिट छ।

ईस्कुटर जान्स्कर एक्वा, इन्डियन रेड, लूनर ह्वाइट र स्टील ग्रे सहित चार कलरमा उपलब्ध छ। यस स्कुटरले आराम, स्टाइल, पर्फमेन्स, इन्टेलिजेन्स र सेफ्टीको नयाँ स्ट्यान्डर्ड सेट गर्ने कम्पनीको दाबी छ।

रेञ्ज र ब्याट्री

नयाँ ईस्कुटरमा ३ किलोवाटको एलएफपी ब्याट्री दिइएको छ। यसलाई ४ किलोवाट पीक मोटर पवारका साथ जोडिएको छ। यस ब्याट्रीले फूल चार्जमा १३६ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।

फास्ट चार्जिङको मद्दतबाट ३ घण्टा २२ मिनेटमा फूल चार्ज गर्न सकिन्छ। यसको टप स्पीड ९३ किलोमिटर प्रति घण्टा छ।

प्रकाशित: २१ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया