नेपालमा किन इन्टरनेट काटियो, यस्तो भन्छन् सेवा प्रदायक कम्पनीहरु

  • Technology Khabar | २० बैशाख २०८१, बिहीबार
नेपालमा किन इन्टरनेट काटियो, यस्तो भन्छन् सेवा प्रदायक कम्पनीहरु

काठमाडौं ।

मुलुकमा सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ मनाइरहँदा सूचना प्रविधिको प्रमुख स्तम्बको रुपमा रहेको इन्टरनेट सेवा अवरुद्ध भएको छ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरुले अपस्ट्रिम सेवा प्रदायकलाई भुक्तानी दिन नसक्दा इन्टरनेट सेवा ठप्प हुने अवस्थ आएको हो। गत बिहीबार पत्रकार सम्मेलनमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)ले अपस्ट्रिम सेवा प्रदायकलाई भुक्तानी गर्न नसकिए नेपालमा इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका थिए।

मर्मत सम्भार शुल्कको विवादका कारण सरकारले विगत ९ महिनादेखि ब्यान्डविथ आयातका लागि आवश्यक पर्ने विदेशी मुद्राको सिफारिस रोकेको छ। विदेशी मुद्राको सिफारिस नपाउँदा आईएसपीहरुले अपस्ट्रिम सेवा प्रदायकलाई भुक्तानी गर्न सकिरहेका छैनन्।

उक्त पत्रकार सम्मेलनमा आइस्पानका पूर्व अध्यक्ष विनय बोहोराले भारतीय कम्पनी भारती एयरटेललाई करिब ३० मिलियन अमेरिकी डलर भुक्तानी दिन बाँकी रहेको बताएका थिए।

नेपालमा आयात हुने कुल ब्याडविथ मध्ये भारती एयरटेलको हिस्सा ७० प्रतिशतभन्दा बढी छ।

लामो समयदेखि आफूले पाउनु पर्ने भुक्तानी नभएकाले एयरटेलले ब्याडविथ काटेको अधिकांश सेवा प्रदायकले जनाएका छन्। उनीहरुले यस बारेमा आफ्ना ग्राहकहरुलाई एसएमएस वा सामाजिक संजालमार्फत समेत जानकारी दिएका छन्।

जसमा उनीहरुले यस बारेमा काम गरिरहेको छ। भारती एयरटेलसँग सम्पर्कमा रहेको जनाएका छन्।

इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा आईएसपीहरुको सूचना

यो समाचार पनि हेर्नुस्-

भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले इन्टरनेट काटिदिँदा नेपालमा इन्टरनेट सेवामा समस्या

प्रकाशित: २० बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार