नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता

  • Technology Khabar | २० बैशाख २०८१, बिहीबार
नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता

काठमाडौं ।

सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ।

यस खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यको लागी सहजीकरण गर्र्ने कम्पनीको विश्वास रहेको छ।

यस सेवाको मद्दतबाट विदेशमा रहेर आफ्नो पेशाबाट धेरथोर रकम जम्मा गरी नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुगोस भनेर सन सेक्युरिटिजले यो सेवाको शुरुवात गरेको बताएको छ।

सनको “मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता” को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीहरुका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीहरुले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको वेबसाइटबाट रेमिट डिम्याट खाता छनोट गरी आवश्यक कागजातहरु संलग्न गरी खाता खोल्नुका साथै सन सेक्युरिटिजका कर्मचारीहरु समक्ष भिडियोमा उपस्थित भई भिडियो केवाइसि भेरिफाई गर्न सक्ने वा स्वयंले भिडियो केवाइसिमा दिइएको निर्देशनहरुको पालना गरी भिडियो केवाइसि भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ।

कम्पनीले निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध हुनुहने ग्राहकहरुका लागि बैंक वित्तिय संस्थासँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिष्ट्रेसन तथा कनेक्ट आइपिस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको जनाएको छ।

प्रकाशित: २० बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २० बैशाख २०८१, बिहीबार