Technology Khabar २० बैशाख २०८१, बिहीबार
काठमाडौं ।
टेक्नोलोजी ब्रान्ड अनरले,मे महिनालाई लक्षित गर्दै “अनर मे उत्सव“ ल्याएको छ। जसमा नेपालभरका अनर ग्राहकहरूका लागि आकर्षक उपहारहरू समावेश छन्। नेपालको लागि अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले मे उत्सव अभियानको घोषणा गरेको हो। जसमा ग्राहकहरूले प्रत्येक अनर स्मार्टफोनको खरिदमा उपहारहरू प्राप्त गर्न सक्छन् र साथै लक्की ड्र मार्फत भेस्पा जित्ने मौका पाउने छन्।
अनर स्मार्टफोनहरू खरिद गर्ने ग्राहकहरूले यस प्रवर्द्धनको एक भागको रूपमा विशेष उपहारहरू प्राप्त गर्नेछन्। अनर ९० फाइभजीको खरिदमा, ग्राहकहरूले १३ हजार ९९९ रुपैयाँको अनर च्वाइस वाच प्राप्त गर्नेछन्। त्यसै गरि ज्अनर एक्स९बी खरिद गर्नेहरूले ५ हजार ४९९ रुपैयाँको अनर च्वाइस इयरबड एक्स५ प्राप्त गर्न सक्नेछन। त्यस्तै, अनर ९० लाइट खरिद गर्ने ग्राहकहरूले ३ हजार ९९९ रुपैयाँको अंकर साउन्डकोर लाइट पी२आई र अनर एक्स७बी वा अनर एक्सबीका खरिदकर्ताले २ हजार रुपैयाँको वैज्ञानिक क्याल्कुलेटर प्राप्त गर्नेछन्। । थप रूपमा, अनर एक्स५ प्लस खरिद गर्ने ग्राहकहरूले १ हजार ३९५ रुपैयाँको सुनेलन निःशुल्क प्राप्त गर्नेछन्।
यसबाहेक, उत्सव मा थप उत्साह को लागि लक्की ड्र पनि रहनेछ। जहाँ अनर ९० फाइभजीका एक भाग्यशाली ग्राहकले भेस्पा जित्ने मौका पाउने छन्।
यी आकर्षक उपहारको बहार १ मेदेखि सुरु भएर ११ मे २०२४ सम्म जारि रहनेछ भने यस अबधिमा खरिद गरिएका फोनहरुमा मात्र लागू हुनेछ। अफलाइन र अनलाइन दुवै प्लेटफर्महरूमा मान्य रहने यो अफर ग्राहकहरूले अनरको आधिकारिक स्टोरहरू वा दराज वा हुकुट लगायत अनलाइन प्लेटफर्महरूबाट खरिद गर्न सक्छन्।
| मोडेल | उपहार | |
| HONOR 90 5G (१२+२५६) जी बि (१२+५१२) जी बि | रु. १३,९९९/- मूल्य को HONOR Choice Watch | एक HONOR 90 5G को खरिदकर्ता ले लक्की ड्र भेस्पा जित्न सक्नु हुनेछ |
| HONOR X9b 5G | रु. ५,४९९ /-मूल्य को HONOR Choice Earbuds X5 | |
| HONOR 90 Lite | रु. ३,९९९/- मूल्य को Anker Soundcore Life P2i | |
| HONOR X8b | रु. २,०००/- मूल्य को Scientific Calculator | |
| HONOR X7b | रु. २,०००/- मूल्य को Scientific Calculator | |
| HONOR X5 Plus | रु. १,३९५/- मूल्य को Sunelan S3 | |
प्रकाशित: २० बैशाख २०८१, बिहीबार