आर्टिफिसियल इन्टेलिजेन्सलाई हतियार प्रणालीमा प्रयोग नगर्न बंगलादेशी विदेशमन्त्रीको आग्रह

  • Technology Khabar | १८ बैशाख २०८१, मंगलवार
आर्टिफिसियल इन्टेलिजेन्सलाई हतियार प्रणालीमा प्रयोग नगर्न बंगलादेशी विदेशमन्त्रीको आग्रह

काठमाडौं ।

बंगलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लागू नगर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

उनले कृषि, चिकित्सा विज्ञान, अन्तरिक्ष अन्वेषण, जलवायु परिवर्तन र रोजगारी सृजनाका क्षेत्रमा एआईको प्रयोग गर्न आग्रह गरेका सिन्ह्वाले रिपोर्ट गरेको छ।

हसनले अप्रिल २९ मा भियनामा आयोजित ‘ह्युम्यानिटी एट द क्रसरोडः अटोनोमस वेपन्स सिस्टम्स एन्ड द च्यालेन्ज अफ रेगुलेसन’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्ने क्रममा उक्त आव्हान गरेको बंगलादेशको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

परराष्ट्रमन्त्रीले स्वायत्त हतियार प्रणाली (अटोनोमस वेपन सिस्टम) लाई प्रभावकारी रूपमा नियमन गर्न विश्वव्यापी मापदण्डहरू तय गर्न पनि सुझाव दिएका छन्।

परराष्ट्रमन्त्रीले मानवताको हितका लागि स्वायत्त हतियारलगायत कुनै पनि नयाँ हतियार त्याग्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित: १८ बैशाख २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार