Technology Khabar १८ बैशाख २०८१, मंगलवार
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुयुरोम (eduroam) सेवा मंगलबारबाट औपचारिकरुपमा सुचारु भएको छ।
एडुरोम प्रणालीको आधिकारिक सेवा प्रदायक नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा आन्तरिक टर्मिनल भित्र जडान गरिएका ६० ओटा भन्दा बढी एक्सेसप्वाइन्टबाट इडुयुरोम सेवाको पहुँच एकसाथ गर्न सकिने जनाएको छ।
हाल विश्वका ११० भन्दा बढी देशमा इडुयुरोम सेवा उपलब्ध रहेको छ।विश्वभर लाखौ भन्दा बढी इडुयुरोम हटस्पट सञ्चालनमा आइरहेका छन्। यो सेवा जुन संसारभर पूर्णरुपमा निःशुल्क रूपमा उपलब्ध रहेको संस्थाले उल्लेख गरेको छ।
यो सेवा बैज्ञानिक अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, र सम्बन्धित संस्थाको कर्मचारीहरूका लागि तयार पारिएको छ।
यो सेवा विश्वविद्यालयका बैज्ञानिक अनुसन्धान सम्बन्धित संस्था, उच्च शिक्षक तथा विद्यार्थीहरूलाई शैक्षिक संस्थाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक संस्थाको युजरनेम तथा पासवर्डबाट इन्टरनेट पहुँच स्थापना हुने सेवा हो।
प्रकाशित: १८ बैशाख २०८१, मंगलवार