ह्वावे शतप्रतिशत घरेलु स्मार्टफोन उत्पादनको नजिक

  • Technology Khabar | १८ बैशाख २०८१, मंगलवार
ह्वावे शतप्रतिशत घरेलु स्मार्टफोन उत्पादनको नजिक

काठमाडौं ।

ह्वावेको नयाँ फ्ल्यागसिप पुरा ७० सिरिज चिनियाँ स्मार्टफोन बजारका लागि एक महत्वपूर्ण उपलब्धिको रुपमा गरिएको छ। यस स्मार्टफोनमा प्रयोग गरिएको ९० प्रतिशत कम्पोनेट चिनियाँ कम्पनीहरुले बनाएका हुन्। हाइएण्ड मोडलको मुख्य क्यामरा बाहेक सबै कम्पोनेट चीनमा उत्पादन गरिएको हो। ह्वावे आफ्नो स्मार्टफोन म्यान्यूफ्याक्चरिङका लागि पूर्ण रुपमा घरेलु सामाग्रीमा केन्द्रित हुने दिशा तर्फ उन्मुख भएको बुझ्न सकिन्छ।

जापानी अनुसन्धान फर्म फोमालहौट टेक्नो सोलुसन्सले गरेको टियरडाउन विश्लेषणले ओफिल्म, लेन्स टेक्नोलोजी, गोएर्टेक, सीसन, सनी अप्टिकल, बीओई र क्रिस्टल–ओप्टेच जस्ता चिनियाँ आपूर्तिकर्ताहरूले अहिले प्रोसेर, डिस्प्ले, चेसिस सहित अधिकांश पुरा ७० मोडलका लागि मुख्य कम्पोनेन्ट प्रदान गरिरहेका छन्। जसमा प्रोसेसर, डिस्प्ले, चेसिस, ब्याट्री लगायत छन्।

केवल सबैभन्दा उन्नत प्रोसेसर (किरिन ९०१०) र हाईएण्ड पुरा ७० अल्ट्रामा मुख्य क्यामरा वेफर निर्माणमा सीमितताहरूको कारण विदेशी प्रविधिमा निर्भर रहन्छ। चिप निर्माण र क्यामरा टेक्नोलोजी चीनमा बढ्दै गएको लगानीले यो पनि निकट भविष्यमा घरकै उत्पादनबाट प्राप्त हुने सम्भावना अधिक छ।

आईडीसीको २०२४ को पहिलो त्रैमासको रिपोर्ट अनुसार अनर र ह्वावेले आफ्नो घरेलु बजार चीनमा उल्लेखनीय लोकप्रियता हासिल गरेको छ। स्मार्टफोन बजार सेयरमा शीर्ष स्थान हासिल गरेको छ। पुरा ७० सिरिजको अत्याधिक लोकप्रियताले मागमा वृद्धि हुनुका साथै प्रमुख च्यानलहरूमा स्टकको अभाव र दोस्रो बजारमा मूल्य वृद्धि भएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

बजार विश्लेषकहरुले यस वर्ष ह्वावेले बजारमा राम्रो प्रदर्शन गर्ने विश्वास गरेका छन्। सम्भावित रुपमा कम्पनीले यस वर्ष ५ करोड यूनिटसम्म स्मार्टफोन ढुवानी गर्ने आँकलन गरिएको छ। पुरा ७० मोडेल यस सफलताको एक महत्वपूर्ण चालक मानिन्छ, जसको मात्रै बिक्री लाखौं भन्दा बढी छ।

प्रकाशित: १८ बैशाख २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार