Technology Khabar १७ बैशाख २०८१, सोमबार
काठमाडौं ।
चीनले आफ्नो अन्तरिक्ष फोहोरको उचित व्यवस्थापन नगरेको आरोप लगाइएको छ, जसका कारण अन्तरिक्षमा स्याटेलाइटजस्तो फोहोर बढ्दै गएको बताईएको छ। अब यस्तै एउटा कथित फोहोरले चीनलाई समस्यामा पारेको खबर आएको छ।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार तियाङगोङ स्पेस स्टेशनमा अन्तरिक्ष फोहोर वा स्पेस जंकको आक्रमणका कारण विद्युत आपूर्ति आंशिक रूपमा प्रभावित भएको थियो। यो घटना मार्च १ मा रिपोर्ट गरिएको छ, जब शेन्झाउ १७ मिसनका अन्तरिक्ष यात्रीहरू स्पेसवाक गर्दै थिए।
तियाङगोङ अन्तरिक्ष स्टेशन चीनको अन्तरिक्ष एजेन्सी सिएमएसएद्वारा संचालित छ। मिडिया रिपोर्टहरूका अनुसार चिनियाँ अन्तरिक्ष यात्रीहरू स्पेसवाक गर्दै थिए जब अन्तरिक्ष फोहोर स्पेस स्टेशनको आउटपोस्टमा ठोक्कियो। जसका कारण विद्युत् आपूर्तिमा समस्या भयो।
सीएमएसएले एक पत्रकार सम्मेलनमा स्पेसवाकको क्रममा यस्तो अवरोध भए पनि स्पेसवाक सफल भएको बताएको छ। एजेन्सीले भविष्यमा आफ्नो स्पेस स्टेशनलाई अन्तरिक्ष भग्नावशेष वा स्पेस जंकबाट जोगाउन तयार हुने बताएको छ।
चिनियाँ अन्तरिक्ष एजेन्सीका उपनिर्देशकले अन्तरिक्ष केन्द्रको कोर मोड्युल ‘तियान्हे’ लाई सौर्य पङ्क्तिको पावर केबलहरूमा अन्तरिक्ष फोहोरको प्रभावका कारण विद्युत अभाव भोग्नुपरेको बताए।
यद्यपि चीनले यो भग्नावशेष माइक्रो मेटियोरोइड हो वा स्याटेलाइटबाट आएको भग्नावशेष भने पुष्टि गरेको छैन। तर ठूलो सम्भावना यो छ कि यो एक भूउपग्रहबाट निस्किएको फोहोर हुन सक्छ। यस्तो फोहोरलाई आगामी दिनमा अन्तरिक्ष कम्पनीहरूका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ।
अन्तरिक्षमा स्याटेलाइटको जीवन समाप्त भएपछि चीन आफैंले आफ्नो सबै मिसनहरू त्याग गर्ने गरेको छ, जबकि त्यस्ता भूउपग्रहहरूलाई उचित रूपमा डिस्पोज गर्नुपर्छ। हालैका वर्षहरूमा अन्तरिक्ष मिशन प्रक्षेपणहरूको संख्या बढेको छ, जसले भविष्यमा अन्तरिक्ष फोहोरको दायरा बढाउनेछ। सबैभन्दा ठूलो चुनौती पृथ्वीको तल्लो कक्षमा आउने बताईएको छ। अधिकांश भूउपग्रहहरू तल्लो-पृथ्वी कक्षमा नै छन्।
प्रकाशित: १७ बैशाख २०८१, सोमबार