सिक्सजी लगभग २०३० सम्म व्यावसायिक रूपमा उपलब्ध हुने चिनियाँ विज्ञहरूको भनाई

Technology Khabar १७ बैशाख २०८१, सोमबार

काठमाडौं ।

करिब २०३० सम्म, चीन लगायत, सिक्सजी पूर्वाधार सर्तहरू पूरा भएका क्षेत्रहरूमा व्यावसायिक रूपमा उपलब्ध हुने चिनियाँ विज्ञहरुले बताएका छन्। चलिरहेको २०२४ बेइजिङ झोङ्गगुआलकन फोरमसँग समानान्तर सिक्सजी नवाचार र विकास विषयक शनिबार आयोजित फोरममा प्यानललिस्टहरूले सो धारणा राखेका सिन्ह्वाले रिपोर्ट गरेको छ।

चाइना कम्युनिकेसन्स स्ट्यान्डर्ड एसोसिएसनका महासचिव डाई सियाओहुईले ६जीको उच्च गति, अत्यन्त कम विलम्बता र बढी जडान घनत्व रहेको र यसले कृत्रिम बुद्धिमत्ता, बौद्धिक धारणा र अन्य प्रविधिहरूको गहिरो एकीकरण महसुस गर्न सक्ने बताए।

चाइना मोबाइल रिसर्च इन्स्टिच्युटका महाप्रबन्धक ह्वाङ युहोङले सिक्सजीले सञ्चार सेवा मात्र नभई पर्सेप्शन र कम्प्युटिङ जस्ता सेवाहरू पनि उपलब्ध गराउँदै मोबाइल सञ्चार सञ्जाललाई मोबाइल सूचना नेटवर्कमा विस्तार गर्ने बताए।

चाइना मोबाइल कम्युनिकेसन ग्रुपका उपमहाप्रबन्धक गाओ टोङकिङले भने, “सिक्सजीले जीवनशैली, उत्पादन विधि र सामाजिक शासनमा आविष्कारमा परिवर्तन ल्याउनेछ।”

“बेइजिङले सार्वजनिक परीक्षण प्लेटफर्म निर्माणमा नेतृत्व लिएको छ र सिक्सजी खुला परीक्षण नेटवर्क निर्माण गर्न थालेको छ,” बेइजिङ नगरपालिका सरकारका उप-महासचिव सु सिन्चाओले भनेको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १७ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया