मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

Technology Khabar १५ बैशाख २०८१, शनिबार

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

काठमाडौं ।

निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ।

सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो। छिटो निर्माण गर्न सकिने प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिरहेको हो।

निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए।

निर्माणलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै उनले हालसम्म २३ प्रतिशत काम भएको जानकारी दिए । निर्माणमा कतिपय ठाउँमा खानेपानीका पाइप, बिजुलीका पोलले समस्या पारेको उनले बताए।

निर्माण कम्पनीले तनहुँको म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ र ५ जोड्ने म्याग्दे खोला माथि प्रिकाष्ट प्रविधिबाट पुलको स्लोप बिच्छाएको छ। यस चाइनिज प्रविधिबाट अन्य भन्दा छिटो पुल निर्माण गर्न सकिने कम्पनीको भनाई छ।

Sajilo Visa

प्रकाशित: १५ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

आईफोन १७ डिभाइसहरूको मूल्यको खुलासा

  • Technology Khabar
  • १९ भाद्र २०८२, बिहीबार