रिसाइकल गरिएको फोहोरबाट बनेको क्यासियो जी–५६००बीजी–१ लिमिटेड एडिसन वाच लन्च

  • Technology Khabar | १५ बैशाख २०८१, शनिबार
रिसाइकल गरिएको फोहोरबाट बनेको क्यासियो जी–५६००बीजी–१ लिमिटेड एडिसन वाच लन्च

काठमाडौं ।

क्यासियोले नयाँ लिमिटेड–एडिसन वाच ‘ब्याक टु जी–शक’ जी–५६००बीजी–१ लन्च गरेको छ। अप्रिल १२ मा आफ्नो वार्षिकोत्सवलाई सम्मान गर्न र आफ्नो तर्फबाट पृथ्वी दिवस समारोहको एक हिस्साको रूपमा क्यासियोले घडीको यो सीमित संस्करण ल्याएको उल्लेख छ।

जी–५६००बीजी–१ लाई वातावरणीय प्रभावलाई कम गर्न जी–शकको पहलसँग पङ्क्तिबद्ध गरी रिसाइकल्ड (पुनः प्रयोग) रेजीन प्रयोग गरेर बनाइएको छ। साथै यस घडीले अघिल्ला क्यासियो उत्पादनहरूबाट रेजीन स्क्र्यापहरू समावेश गरेको जनाइएको छ।

यसले रिसाइक्लिंग प्रयासहरूलाई बढावा दिँदै ड्युराबिलिटी (स्थायित्व) र डिजाइनको लागि ब्रान्डको स्ट्याण्डर्ड (मानक) कायम राखेको उल्लेख छ। साथै प्रत्येक एकाइले एक अद्वितीय, कलरफुल प्याटर्न (रंगीन ढाँचा) प्रस्तुत गर्नेछ।

टफ सोलार टेक्नोलोजीयुक्त ‘जी–५६००बीजी–१’ ले कुनै पनि प्रकाश स्रोतलाई शक्तिमा रूपान्तरण गर्ने भएकाले यसले चार्जलाई कुशलतापूर्वक कायम राख्छ। त्यसैगरी यसले झटका प्रतिरोध, २०० मिटरसम्मको पानी प्रतिरोध, अलार्म, टाइमर, र पूर्ण स्वचालित क्यालेन्डर जस्ता सुविधाहरू पनि समावेश गरेको छ।

यसबाहेक प्याकेजिङमा पनि विशेष ध्यान दिईएको हुनाले यो वातावरण मैत्री सामग्रीबाट बनेको बताईएको छ।

मूल्य निर्धारण

क्यासियो जी–५६००बीजी–१ को मूल्य ट्याग १९९ अमेरिकी डलर रहेको छ। यो घडी सन् २०२४ को अप्रिलको अन्त्यबाट क्यासियो र जी–शक स्टोरहरूमा विशेष रूपमा उपलब्ध हुने गीज्मोचाइनाले रिपोर्टमा भनेको छ।

प्रकाशित: १५ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...