Technology Khabar १४ बैशाख २०८१, शुक्रबार
काठमाडौं ।
लानिज हब प्रालि नेपालमा हाईफ्यूचर उत्पादनहरूको लागि विशेष एजेन्ट र वितरक बनेको छ। कम्पनीले आयात तथा बितरणको विशेष अधिकार अप्रिल २०२४ देखि लागू भएको घोषणा गरेको छ।
लानिज हबले ग्राहकहरूलाई किफायती मूल्यहरूमा नवीन र उच्च-गुणस्तरको प्रविधि सलुसनहरू प्रदान गर्ने बताएको छ। प्रसिद्ध अडियो र वेयरेबल टेक्नोलोजीमा अग्रणी विश्वव्यापी ब्रान्ड हाईफ्यूचरसँगको साझेदारी कम्पनीको लक्ष्यहरूसँग पूर्ण रूपमा पङ्क्तिबद्ध रहेको जनाएको छ।
“नेपालमा हाईफ्यूचर उत्पादनहरूको विशेष एजेन्ट र वितरकको रूपमा, हामी हाम्रो बजारमा प्रिमियम अडियो र पहिरन योग्य उपकरणहरूको विस्तृत श्रृंखला ल्याउन पाउँदा उत्साहित छौं। चाहे त्यो अत्याधुनिक हेडफोनहरू, स्टाइलिश स्मार्ट घडीहरू, इमर्सिभ स्पिकरहरू, वा नवीन इयरबडहरू होस्, ग्राहकहरूले हाईफ्यूचरबाट उत्कृष्ट बाहेक अरू केही आशा गर्न सक्दैनन्,” कम्पनीका प्रबन्ध निर्देशक अनिश मल्लले भने।
उनले यसअघि टेक स्टूडियो प्रालि नामक कम्पनीले आयात गरिरहेकोमा अब लानिज हब एक मात्र एक्सक्लुसिभ आयातकर्ता र बितरक भएको जानकारी दिए।
“यसअघि आयात गरिरहेको कम्पनीको आधिकारीकता २०२३ नोभेम्बरदेखि सकिएको छ। अब लानिज हब मात्र एक्सक्लुसिभ एजेन्ट तथा डिस्ट्रिब्यूटर हो,” लानिज हबका प्रबन्ध निर्देशक मल्लले टेक्नोलोजीखबरसँग भने,”हाइफ्युचरसँग हाम्रो विशेष सम्झौता अन्तर्गत, केवल लानिज हब प्रालिले मात्र नेपालमा हाइफ्यूचर उत्पादनहरूको ब्रान्डिङ, मार्केटिङ र मूल्य निर्धारण गर्न सक्नेछ।”
उनले अन्य कम्पनीले हाइफ्यूचर उत्पादनहरुको मूल्य कटौती वा अन्य घोषणा गर्नु गलत भएको बताए।
कम्पनीले नेपाली बजारका लागि हाइफ्यूचरको अनलाइन तथा अफलाइन दुबै तर्फको बिक्री बितरणको अधिकार पाएको छ।
यसैबीच लानिज हबले हाइफ्यूचरका विभिन्न उत्पादनहरुको नयाँ मूल्यसूची समेत सार्वजनिक गरेको छ।
FINAL PRICE LIST - APR 20प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार