विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

Technology Khabar १४ बैशाख २०८१, शुक्रबार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान
सांकेतिक तस्विर

काठमाडौं ।

सर्लाहीको हरिवन नगरपालिकाले नगरभित्रका तीनओटा विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान गरेको छ। नगरपालिकाको आन्तरिक स्रोतबाट सुरुमा तीनओटा माध्यमिक विद्यालयमा एक/एक थान स्मार्ट बोर्ड जडान गरिएको हो।

पहिलो चरणमा हरिबन २, अत्रौलीमा रहेको रामअवतार माध्यमिक विद्यालय हरिवन पुरानो बजारमा रहेको महादेब जनता नमुना माध्यमिक विद्यालय र हरिबन १० सुखेपोखरीमा रहेको चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान गरिएको हरिवन नगरपालिकाको शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईले जानकारी दिए।

शिक्षा अधिकृत चौलागाईका अनुसार यी स्मार्ट बोर्ड तत्काल माथिल्लो कक्षाका विद्यार्थीलाई अध्यापन गराउन प्रयोग गरिने छ।

स्मार्ट बोर्डबाट लेखेका विषयवस्तु सेभ गर्न मिल्ने, भिडियो पनि देखाउन मिल्ने भएकाले निकै उपयोगी साबित हुने शाखा प्रमुख चौलागाईले बताए।उनले नगरका अन्य विद्यालयमा पनि क्रमैसँग डिजिटल स्मार्ट बोर्ड जडान गरेर पठपाठन गराउने उद्देश्य रहेको बताए।

डिजिटल स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको बुधबार महादेव जनता माध्यमिक विद्यालय पुरानो बजारमा नगरप्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ। गोरखापत्रबाट

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया