शाओमी १५ सिरीजमा ५० एमपी टेलिफोटो, र स्न्यापड्रागन ८ जेन ४ चिपसेट राखिने

  • Technology Khabar | १४ बैशाख २०८१, शुक्रबार
शाओमी १५ सिरीजमा ५० एमपी टेलिफोटो, र स्न्यापड्रागन ८ जेन ४ चिपसेट राखिने

काठमाडौं ।

शाओमीले हालसालै आफ्नो फ्ल्यागशिप स्मार्टफोन मोडल ‘शाओमी १४ अल्ट्रा’ अनावरण गर्यो। यसै क्रममा अब, कम्पनीको नेक्स्ट–जेन शाओमी १५ सिरीजको विवरणहरूको बारेमा थप खुलासा गर्दै ताजा र नयाँ लीक देखा परेको छ।

पछिल्ला जानकारीले यस १५ सिरीजको क्यामरा स्पेसिफिकेसन्स र टप–इन्ड प्रोसेसरको बारेमा विवरणहरूको खुलासा गरेको छ।

चिनियाँ टेक जायन्टले यस वर्षको अन्त्यतिर शाओमी १५ सिरीज अनावरण गर्ने सम्भावना रहेको जनाइएको छ। टिपस्टर डिजिटल च्याट स्टेशनका अनुसार, ब्रान्डले हाल आगामी फ्ल्यागशिप डिभाइसहरूमा काम गरिरहेको छ र नयाँ क्यामराहरूका साथमा डिभाइसहरूको परीक्षण पनि गरिरहेको उल्लेख छ।

साथै उक्त लाइनअपले नयाँ ५०–मेगापिक्सेल पेरिस्कोप सेन्सर पाउने जस्तो देखिएको जनाइएको छ। त्यसैगरी कम्पनीले सिरीजका लागि हाई म्याग्निफिकेसन टेलिफोटो शूटर पनि परीक्षण गरिरहेको टिपस्टरले थप बताएका छन्।

शाओमी १५ मोडलहरूमा क्वालकमको एसएम ८७५० प्रोसेसर समावेश गरिने डिजिटल च्याट स्टेशनले दावी गरेको छ, जुन सम्भवतः स्न्यापड्रागन ८ जेन ४ एसओसी कोडनेम हुनसक्ने उल्लेख गरिएको छ।

त्यसैगरी शाओमी १५ ले ६.३६ इन्चको फ्ल्याट डिस्प्ले कायम राख्ने यस अघिका रिपोर्टहरूले उल्लेख गरेको जनाइएको छ। साथै यस लाइनअपमा अल्ट्रासोनिक इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर फिचर पनि रहने अपेक्षा गरिएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार