इन्टेलिजेन्ट ड्राइभिङका लागि ह्वावेको नयाँ सफ्टवेयर ब्रान्ड लन्च

Technology Khabar १३ बैशाख २०८१, बिहीबार

काठमाडौं ।

चीनको टेक कम्पनी ह्वावेले बुधवार इन्टेलिजेन्ट (बौद्धिक) ड्राइभिङको लागि नयाँ सफ्टवेयर ब्रान्ड सार्वजनिक गरेको छ। यो ईभी उद्योगमा प्रमुख खेलाडी बन्ने कम्पनीको पछिल्लो प्रयास भएको रोयटर्सले लेखेको छ।

ह्वावेको इन्टेलिजेन्ट अटोमोटिभ सोलुसन (आईएएस) बिजनेस यूनिटका सीईओ जिन युझीले बेइजिङ अटो शो अघि एक कार्यक्रममा नयाँ ब्रान्ड कियानकुन, स्वर्ग र कुनलुन पर्वतको संयोजनको प्रतिक भएको हो। नयाँ ब्रान्ड अन्तर्गत ह्वावले ड्राइभिङ चेसिस, अडियो र ड्राइभर सिट युक्त सेल्फ–ड्राइभिङ सिस्टम उपलब्ध गराउने योजनामा छ।

‘२०२४ स्मार्ट ड्राइभिङको व्यापक व्यावसायीकरणको लागि पहिलो वर्ष हुनेछ र ह्वावे सेल्फ–ड्राइभिङ प्रणालीले सुसज्जित सडकमा कारहरूको संचयी संख्या यस वर्षको अन्त्यसम्ममा ५ लाख पुग्ने छ,’ जिनले भने।

उनले एक वर्षभित्र ह्वावेको कियानकुन प्रणाली अपनाउने १० भन्दा बढी कार मोडल बजारमा आउने अपेक्षा व्यक्त गरे

शेन्जेनमा आधारित प्राविधिक समूहले सन् २०१९ मा आफ्नो स्मार्ट कार युनिट सुरु गरको थियो। इन्टेलिजेन्स ईभी युगको जर्मन अटोमोटिभ आपूर्तिकर्ता बोशको बराबर बन्न र साझेदारहरूलाई सफ्टवेयर र कम्पोनेन्टहरू आपूर्ति गर्न सक्छ।

ह्वावेले नोभेम्बरमा यूनिटलाई नयाँ कम्पनीमा परिवर्तन गरिन्छ र जसले यूनिटको मुख्य प्रविधि र स्रोतहरू प्राप्त गर्नेछ र अटोमेकर चाङ्गन अटो जस्ता साझेदारहरूबाट लगानी लिने बताएको थियो।

कम्पनीले चिनियाँ अटोमेकरहरूसँगको साझेदारीमा अहिलेसम्म सातवटा ईभी मोडलहरू पनि सार्वजनिक गरेको छ र तिनीहरूले राम्रो बिक्री गरिरहेको जिनको दाबी छ।
यसमा सेरेससँगको साझेदारीमा तीन ओटा आइटो ब्रान्डका मोडल, चेरीसँग मिलेर विकास गरिएको लक्सिड एस७ सेडान, चाङ्गन अटो–समर्थित अव्टरका साथ दुई ओटटा मोडल र बेइजिङ अटोमोटिभ समूह (बीएआईसी) को स्वामित्वमा रहेको आर्कफोक्ससँगको एउटा मोडल समावेश छन्।

मंगलाबार ह्वावेले एस९ सेडान पनि लन्च गरेको छ। यो बीएआईसीका साथ लन्च गरिएको प्रिमियम स्टेलाटो ब्रान्ड अन्तर्गत पहिलो मोडल हो।
०००

प्रकाशित: १३ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया