सामसङ र अन्य कोरियाली टेक जायन्टसँग मिलेर एआईको विकास गर्ने माइक्रोसफ्टको लक्ष्य

Technology Khabar १३ बैशाख २०८१, बिहीबार

काठमाडौं ।

माइक्रोसफ्टले ‘एमएस सीईओ समिट २०२४’ मा दक्षिण कोरियाका चार ठूला प्रविधि कम्पनीका शीर्ष अधिकारीहरूसँग बैठक आयोजना गर्ने भएको छ। उक्त शिखर सम्मेलन मे १४ तारिखका लागि तय भएको छ।

साथै ठूला कम्पनीहरूसँगको क्लोज्ड–डोर डिस्कसन (छलफल) मा सामसङ, एसके हाइनिक्स, एलजी इलेक्ट्रोनिक्स, एसके टेलिकम र माइक्रोसफ्ट रहेको जनाइएको छ।

विदेशी कम्पनीका शीर्ष अधिकारीहरूसँगको छलफलमा बिल गेट्स र सीईओ सत्य नडेला उपस्थित हुने जनाइएको छ। साथै सामसङ इलेक्ट्रोनिक्स डिभाइस सोलुसन डिभिजनका प्रमुख क्युङ के–ह्युन, एसके हाइनिक्सका प्रमुख कार्यकारी अधिकृत क्वाक नोह–जुङ, एलजी इलेक्ट्रोनिक्सका सीईओ चो जु–वान र एसके टेलिकमका सीईओ रियु यंग–साङलाई बैठकमा भाग लिनका लागि विशेषरूपमा आमन्त्रित गरिएको उल्लेख छ।

तिनीहरूको साझेदारीलाई सुदृढ गर्नुका साथै आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को विकासलाई बढावा दिन अवसरहरू खोज्नु यस बैठकको लक्ष्य हुनेछ। सामसङ र एसके हाइनिक्ससँगको छलफल हाई ब्यान्डविथ मेमोरी चिप्स (एचबीएम) को आपूर्तिमा केन्द्रित हुनेछ जुन आर्टिफिसियल इन्टेलिजेन्सको विकासको लागि प्रमुख उपकरणहरू मध्ये एक हुन्। साथै सामसङ र एसके हाइनिक्स दुई ठूला मेमोरी चिप निर्माता हुन्।

मेमोरी चिपहरू बाहेक, हाई–पर्फमेन्स सलिड–स्टेट ड्राइभ्स कम्प्युट एक्सप्रेस लिङ्क ड्राइभहरू पनि सम्झौताको एक हिस्सा हुन सक्ने उल्लेख छ। साथै यो लार्ज ल्याङ्गवेज मोडलहरूको विकासका लागि आवश्यक पर्ने केही महत्त्वपूर्ण हार्डवेयर कम्पोनेन्टहरू भएको जनाइएको छ।

मेमोरी चिपहरू सोर्सिङ गर्नु बाहेक, कम्पनीले सामसङ र एलजी इलेक्ट्रोनिक्स जस्ता आफ्ना अतिथिहरूसँग तिनीहरुको उत्पादनहरूमा आफ्नो एआई सेवाहरू स्थापना गर्न छलफल गर्न पनि सक्ने उल्लेख गरिएको छ। यसले गर्दा उनीहरूले एआई प्रविधिहरू सञ्चालन गर्नका लागि नयाँ ग्राहक र उत्पादन कोटीहरू मात्र प्राप्त नगरेर साझेदारीलाई सुदृढ पनि बनाउने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रकाशित: १३ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया