
काठमाडौं ।
चिनियाँ टेक जायन्ट टेन्सेन्ट होल्डिङ्सले सात वर्षको विकास पछि मे २१ मा आफ्नो बहुप्रतीक्षित “डन्जियन एन्ड फाइटर” मोबाइल गेम रिलिज गर्ने बताएको छ।
कोरियाली फर्म नेक्सनद्वारा विकसित गरिएको एक्शन गेमलाई आधिकारिक रूपमा “डन्जियन एन्ड फाइटर: ओरिजिन” नाम दिइएको छ, जुन संसारको सबैभन्दा नाफा कमाउने कम्प्युटर गेमहरू मध्येको एक “डन्जियन एन्ड फाइटर” कम्प्युटर गेमको मोबाइल अनुकूलन हो।
यो गेम दक्षिण कोरियामा सन् २०२२ मा रिलिज भइसकेको थियो र तत्कालै हिट भयो। तर सन् २०१८ र २०२२ को बीचमा सरकारले गेमिङ उद्योगमा क्र्याक डाउन गरेपछि यसको चीन रिलीजमा ढिलाइ भएको थियो।
गत महिना, टेनसेन्टले ३ लाख खेलाडीहरुका साथमा एक बन्द परीक्षण सञ्चालन गर्यो र बलियो परिणाम प्रदान गरेको रोयटर्सले रिपोर्टमा भनेको छ।
प्रकाशित: ११ बैशाख २०८१, मंगलवार