भिडियो कलमा आफैँलाई देख्दा मानसिक थकान हुने अध्ययनको निष्कर्ष

Technology Khabar ११ बैशाख २०८१, मंगलवार

काठमाडौं ।

भिडियो कन्फरेन्सिङ कलका दौरान आफ्नै ईमेज (तस्बिर) देखिने गर्दछ र यसको फलस्वरुप यसले मानसिक थकान निम्त्याउने मस्तिष्क गतिविधिको अध्ययनले देखाएको छ।

युनिभर्सिटी अफ ग्यालवेका शिक्षाविद्हरूले गरेको अध्ययनमार्फत जुम वा टिम्स जस्ता एपहरूमार्फत मिटिङमा भाग लिने व्यक्तिहरूले आफैँलाई स्क्रिनमा देख्दा धेरै थकित हुने पत्ता लगाएका छन्।

त्यसैगरी अनुसन्धानले आफ्नै इमेज हेर्दा पुरुष र महिलाहरू समानरूपमा थकित हुने थप उल्लेख गरेको छ। यद्यपि यस अघिका निष्कर्षहरूले भने महिलाहरूले पुरुषहरूको तुलनामा सेल्फ–भिडियो कन्फ्रेन्सिंगबाट बढी थकान अनुभव गर्ने सुझाव दिएको हुनाले हालको यो खुलासा यसको विपरित भएको जनाइएको छ।

अध्ययन टोलीले ३२ स्वयंसेवकहरू (१६ पुरुष र १६ महिलाहरू) मा इलेक्ट्रोएन्सेफ्लोग्राफी (ईईजी) मोनिटरिङ प्रयोग गरेर एक प्रयोग गरेका थिए। साथै उक्त प्रयोगका दौरान सबै स्वयंसेवकहरूले लाइभ जुम बैठकमा भाग लिएको र विभिन्न समयमा सेल्फ–भ्यू मोड दुबै अन र अफ गरिएको उल्लेख छ।

ईईजी नन्– इनभ्यासिभली (गैर–आक्रामक) रूपमा टाउकोमा राखिएको इलेक्ट्रोड प्रयोग गरेर मस्तिष्कमा सहज विद्युतीय गतिविधि रेकर्ड गर्ने र मानसिक थकानको शुरुआत पत्ता लगाउन सक्ने अनुसन्धानकर्ताहरूले बताए।

सहभागीहरूले आफ्नो तस्विर हेरेको समयमा थकानको स्तर उल्लेखनीय रूपमा बढेको थियो भनि मोनिटरिङले पुष्टि गरेको उल्लेख छ। सर्वेक्षण र अन्तर्वार्ताहरू मार्फत सङ्कलन गरिएको सेल्फ–रिपोर्टेड डाटामा निर्भर रहेको अघिल्लो अनुसन्धानले पुरुषहरूको तुलनामा महिलाहरूले बढी जूम थकान अनुभव गर्ने सुझाव दिएको उल्लेख छ।

महिलाहरूले आफूलाई ऐनामा हेर्दा तिनीहरूमा हुने गरेको आफ्नो अपिरियन्स (व्यक्तित्व) कथित रुपमा सेल्फ–अवेरनेस (आत्म–जागरूकता) बढ्ने बारेमा लिङ्ग भिन्नताका लागि यसअघिका सिद्धान्तहरू केन्द्रित रहेको उल्लेख गरिएको छ।

यद्यपि, ग्यालवे विश्वविद्यालयको अध्ययनले भने न्यूरोफिजियोलोजिकल लेभल (स्तर) मा थकान मापन गरेको हुनाले लिङ्गिय भिन्नता वास्तवमा भिडियो कन्फरेन्सिङ थकानको लागि अवस्थित छ कि छैन भनेर प्रश्न गरेको छ।

साथै निष्कर्षहरूले कार्यस्थलमा भिडियो कन्फरेन्सिङको नाटकीय रूपमा बढेको प्रयोगको परिणामको रूपमा अनुभव गरिने थकानको बुझाइमा मात्र योगदान नपुर्याएर यसले हाइब्रिड र रिमोट वर्कको युगमा कर्मचारीको हितलाई जोगाउने लक्ष्य राख्ने संस्थाहरूको लागि व्यावहारिक भित्री जानकारी समेत प्रदान गर्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

“लकडाउनको समयमा भिडियो कन्फरेन्सिङ प्लेटफर्मको प्रयोगमा व्यापक ढङ्गले वृद्धि भयो” युनिभर्सिटी अफ ग्यालवेका प्रोफेसर इयोन व्हेलनले बताए।

“आजका दिनमा तिनीहरू काम र शिक्षामा भारीरूपमा प्रयोग भइरहेका छन् र व्यक्तिगत बैठकहरूमा केही फाइदाहरू प्रदान गर्छन्। तर मानिसहरू अक्सर भिडियो कन्फ्रेन्स बैठकहरूले गर्दा थकित महसुस भएको रिपोर्ट गर्छन्” प्रोफेसर व्हेलनले थप उल्लेख गरे।

“हाम्रो अध्ययनले देखाउँछ कि तपाईंले भिडियो कलहरू गर्दा महसुस गर्नु भएको थकानहरू वास्तविक हुन् र तपाईंको आफ्नै प्रतिबिम्ब देख्दा यसले अझ थकाउनेछ। भर्चुअल बैठकहरूमा केवल मिरर ईमेज (छवि) बन्द गर्नाले पनि थकानलाई कम गर्न मद्दत गर्न सक्छ” प्रोफेसर व्हेलनले भनेको इन्डिपेन्डेन्टले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: ११ बैशाख २०८१, मंगलवार

तपाइको प्रतिक्रिया