“डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका

Technology Khabar ८ बैशाख २०८१, शनिबार

काठमाडौं ।

नयाँ वर्ष २०८१ को सुरुवातसंगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ।

यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

डिशहोम मिसन ८१ म डिशहोमका ग्राहकहरुले मात्र रु ३००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन्। यस्तै वेसिक प्लसको ३,५००, र प्रिमियम लाईफस्टाईलको ४,००० रुपैयाँमा डिशहोमको बार्षिक रिचार्ज गर्न सकिनेछ।

ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्ने बताएको छ।

नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ८ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया