बेइजिङको आदेशपछि एप्पलले चिनियाँ एप स्टोरबाट ह्वाट्सएप र थ्रेड्स हटायो

Technology Khabar ८ बैशाख २०८१, शनिबार

काठमाडौं ।

एप्पलले मेटा प्लेटफर्मको ह्वाट्सएप र थ्रेडस चीनमा आफ्नो एप स्टोरबाट हटाएको शुक्रबार बताएको छ। चिनियाँ सरकारले त्यसो गर्न आदेश दिएपछि हटाएको हो, जसले राष्ट्रिय सुरक्षा चिन्तालाई उद्धृत गर्यो।

रोयटर्सकाअनुसार शुक्रबार बिहानसम्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जर सहित अन्य मेटा एपहरू उपलब्ध रहेका छन्।

युट्युब र एक्स लगायत पश्चिमी कम्पनीहरूले विकास गरेका अन्य धेरै लोकप्रिय एपहरू पनि डाउनलोडका लागि उपलब्ध थिए।

ह्वाट्सएप वा थ्रेडस कसरी चिनियाँ अधिकारीहरूको लागि सुरक्षा चिन्ताको कारण हुन सक्छ भन्ने तुरुन्तै स्पष्ट भएको छैन।

“चीनको साइबरस्पेस एडमिनिस्ट्रेशनले राष्ट्रिय सुरक्षा चिन्ताको आधारमा यी एपहरू चीनको स्टोरफ्रन्टबाट हटाउन आदेश दिएको छ,” एप्पलले बयानमा भन्यो।

विज्ञप्तिमा भनिएको छ, “हामीले काम गर्ने देशहरूमा कानूनको पालना गर्न हामी बाध्य छौं, हामी असहमत हुँदा पनि।”

आईफोन निर्माताले भनेअनुसार व्हाट्सएप र थ्रेडसरू यसको अन्य स्टोरफ्रन्टहरूमा डाउनलोडको लागि उपलब्ध छन्।

रिपोर्टअनुसार, चीनको प्राविधिक उद्योगका केही विज्ञहरूले ह्वाट्सएप र थ्रेड्समा सरकारको आदेश गत अगस्टमा नयाँ नियमसँग सम्बन्धित हुनसक्ने बताएका छन् जसमा चीनमा उपलब्ध सबै एपहरूलाई सरकारसँग दर्ता गर्न आवश्यक छ वा हटाइने जोखिम छ।

कम्पनीहरूको दर्ता पूरा गर्ने अन्तिम म्याद मार्चको अन्त्यसम्म थियो र नियमहरू अप्रिल १ बाट लागू भएको उल्लेख छ।

प्रकाशित: ८ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया