गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा

  • Technology Khabar | ७ बैशाख २०८१, शुक्रबार
गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा
सांकेतिक तस्विर

काठमाडौं ।

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले नागरिकको गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा ल्याएको छ। गाउँपालिका प्रति नागरिकको गुनासो र उनीहरूको प्रतिक्रियालाई सहज बनाउन नागरिकको गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा ल्याइएको हो।

गाउँपालिका अध्यक्ष यदु नबालीले गाउँपालिकाबाट सम्पादन भएका विभिन्न कार्यक्रम, सेवा प्रवाह, विकास निर्माणलगायतका विषयमा आमनागरिकको नासो र प्रतिक्रियालाई सहज बनाउन रुरुक्षेत्र गुनासो सुनुवाई प्रणाली संचालन गरिएको बताए।

विभिन्न गतिनिधि तथा ढिलासुस्तीले अनियमितता भ्रष्टाचारजन्य गतिविधि देखे वा थाहा पाएमा गाउँपालिकाले सञ्चालनमा ल्याएको गुनासो सुनुवाइ प्रणालीमा २४ सै घण्टा फोन गरी आफ्नो गुनासो रेकर्ड गर्न सकिने उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाले सञ्चालनमा ल्याएको गुनासो सुनुवाइ प्रणालीमा गुनासोलाई प्रणालीले फोन नम्बर नदेखिने र आवाज पनि यकिन नहुने गरी रेकर्ड गर्ने बताए। गुनासोकर्ताको पूर्ण गोपनीयता रहने हुनाले ढुक्क भएर आफ्नो गुनासो राख्न उनले आग्रह गरे।

गुनासो सुनुवाइ प्रणालीमा गुनासो रेकर्ड गराउन गाउँपालिका कार्यालयको फोन आफ्नो गाउँ समाजमा भएका नम्बरमा डायल गर्न सकिने छ। गोरखापत्रबाट

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार