Technology Khabar ७ बैशाख २०८१, शुक्रबार
काठमाडौं ।
निर्धारित समय अनुसार ह्वावे प्युरा ७० सिरिजका फोनहरु अप्रिल १८ मा कुनै प्रेस सम्मेलन बिना नै बजारमा आएको छ। कम्पनीले बिहीबार बिहानै आफ्नो आधिकारिक वेइबो खातामार्फत प्युरा ७० सिरिजको घोषणा गरेको हो।
यसले अघिल्लो पी सिरिजलाई ह्वावे प्युराको रुपमा रिब्रान्ड गरिएको हो। ह्वावे यस नयाँ प्युरा ७० लाइनअपमा प्युरा ७०, प्युरा ७० प्रो, प्युरा ७० प्रो प्लस र प्युरा ७० अल्ट्रा गरी चार ओटा मोडलहरू रहेका छन्।
ह्वावे प्युरा ७० को मूल्य ५,४९९ युआन (७६०अमेरिकी डलर) बाट सुरु हुन्छ भने यसमा एक पेरिस्कोप टेलिफोटो क्यामरा पनि समावेश गरिएको छ।
ह्वावे प्युरा ७० सिरिज एक मिनेट भित्र सोल्ड आउट
प्युरा ७० सिरिजका फोनहरूको पहिलो ब्याच चीनको ह्वावे मलमा बिहीबार स्थानीय समयअनुसार बिहान १०ः०८ मा उपलब्ध भएको र एक मिनेटभन्दा कम समयमा नै सबै बिक्री भएको जनाइएको छ। यसअघि पुरा ७० सिरिज, विशेष गरी प्रो मोडलहरू अपर्याप्त उत्पादन क्षमता र आपूर्ति अभावबाट ग्रस्त हुन सक्ने रिपोर्ट गरिएको थियो।
पछिल्लो रिपोर्ट अनुसार, केहि स्टोरहरूले नयाँ फोनहरू प्राप्त गर्न बाँकी छ भने उक्त पसलहरूमा फोन प्रि–अर्डर गर्ने व्यक्तिहरूले स्टक उपलब्ध भएपछि ती फोनहरू प्राप्त गर्ने छन्।
प्युरा ७० सिरिज सन् २०२४ मा १० मिलियन युनिट भन्दा बढी बिक्री हुने अनुमान विश्लेषकहरुले अनुमान गरेका छन्।
यसअघिनै, टीएफ इन्टरनेशनल सेक्युरिटीजका विश्लेषक मिङ–ची कुओले सन् २०२३ मा रिलिज गरिएको पी६० सिरिजको तुलनामा, पी७० सिरिज (अहिले प्युरा ७० सिरिज) को ढुवानी सन् २०२४ मा उल्लेखनीय रूपमा वृद्धि हुने भविष्यवाणी गरेका गिज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार