गुगलको फोल्डेबल फोन पिक्सेल फोल्ड २ को बिदाइसँगै पिक्सेल ९ प्रो फोल्ड आउने

Technology Khabar ६ बैशाख २०८१, बिहीबार

काठमाडौं ।

गुगलले आफ्नो फोल्डेबल स्मार्टफोनलाई अगाडि बढाउने क्रममा नयाँ नाममा ल्याउने तयारी गरेको देखिएको छ।

गत वर्षको पिक्सेल फोल्डलाई पछ्याउँदै यसपालि पिक्सेल फोल्ड २ आउनुपर्ने छ। तर सोमबरको एक नयाँ रिपोर्टले भने अब यस डिभाइसको नाम परिवर्तन गरिएको र पिक्सेल ९ प्रो फोल्डको रूपमा बिक्री गरिने दाबी गरेको छ।

त्यसैगरी यो डिभाइसले अब आफ्नो पूर्ववर्तीले जस्तो मे महिनामा हुने गरेको गुगल आई/ओ कार्यक्रममा नभएर आगामी अक्टोबर महिनामा हुने गुगलको वार्षिक हार्डवेयर अनावरण कार्यक्रममा डेब्यू गर्नसक्ने जनाइएको छ।

तसर्थ, अक्टोबर महिनामा, सामान्यतया गुगलले लन्च गर्ने गरेको दुईओटा स्मार्टफोनहरूको सट्टामा चारओटा स्मार्टफोनहरू घोषणा गर्ने तयारी रहेको रिपोर्टमा भनिएको छ।

उक्त चारओटा स्मार्टफोनहरूमा पिक्सेल ९, पिक्सेल ९ प्रो, पिक्सेल ९ प्रो एक्सएल र पिक्सेल ९ प्रो फोल्ड रहनेछ। साथै पिक्सेल ९ र पिक्सेल ९ प्रो एक्सएल लगभग पिक्सेल ८ र पिक्सेल ८ प्रो को उत्तराधिकारी हुन् भने पिक्सेल ९ प्रो लाई पिक्सेल ९ को जस्तै सानो आकारमा ल्याईने उल्लेख गरिएको छ। यी सबै स्मार्टफोनहरूमा आगामी टेन्सर जी४ एसओसी प्रयोग गरिने दाबी गरिएको छ।

पिक्सेल फोल्ड २ बाट पिक्सेल ९ प्रो फोल्डको स्विच आन्तरिक गुगल संचारहरूमा हालै मात्र भएको जस्तो देखिएको जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया