ह्वावेले प्युरा सिरिजमा ह्वावे प्युरा ७० स्मार्टफोन ल्याउने घोषणा

Technology Khabar ५ बैशाख २०८१, बुधबार

काठमाडौं ।

ह्वावेले सोमबार (अप्रिल १५) मा आफ्नो प्रतिष्ठित पी (P) श्रृंखलालाई प्रतिस्थापन गर्दै नयाँ फ्ल्यागशिप स्मार्टफोन श्रृंखला ह्वावे प्युरा (Huawei Pura) को घोषणा गरेको छ।

चिनियाँ स्मार्टफोन ब्रान्डले नयाँ लाइनअपमा पहिलो फोनको रूपमा ह्वावे प्युरा ७० (Huawei Pura 70) को आगमन पुष्टि गर्न वेईबोमा एक टिजर साझा गरेको छ। अघिल्लो पी सिरिजका फ्ल्यागशिपहरू जस्तै, नयाँ प्युरा परिवारले धेरै मोडेलहरू समावेश गर्ने अपेक्षा गरिएको छ।

ह्वावे पी श्रृङ्खलाको स्मार्टफोन पहिलो पटक सन् २०१२ मा ल्याइएको थियो। गत वर्षको ह्वावे पी६०, ह्वावे पी६० प्रो र ह्वावे पी६० आर्ट पी सिरिजको लाइनअपमा अन्तिम प्रवेशकर्ताहरू हुन्।

ह्वावेका सीईओ रिचर्ड यूले वेईबोमा ह्वावे पी सिरिज पुरा ७० बाट सुरु हुने गरी “प्युरा” मा “अपग्रेड” गरिने घोषणा गरे। कम्पनीले हुवावे प्युरा ७० को लन्चलाई भिडियोमार्फत पनि टिज गरेको छ  जसमा यो नयाँ डिजाइन र इमेजिङ क्षमताहरूका साथ आउने भनिएको छ।

टिजरले आगामी लाइनअपको लागि एक आयताकार प्ले बटन-जस्तो क्यामरा आइल्याण्ड प्रदर्शन गर्दछ। यसले लगाव, शुद्धता, शैली, रचनात्मकता, र नयाँ शृङ्खलाका लागि स्तम्भको रूपमा क्लासिकलाई हाइलाइट गर्दछ।

ह्वावे प्युरा ७० लाइनअपमा ह्वावे प्युरा ७०, ह्वावे प्युरा ७० प्रो (Pura 70 Pro), ह्वावे प्युरा ७० प्रो प्लस (Pura 70 Pro+), र ह्वावे प्युरा ७० अल्ट्रा (Pura 70 Ultra )समावेश हुन सक्छ। यद्यपि, पुरा लाइनअपको आधिकारिक रिलीजको बारेमा कुनै मिति तोकिएको छैन्।

प्रकाशित: ५ बैशाख २०८१, बुधबार

तपाइको प्रतिक्रिया