
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारिता, संचार र सूचनाका क्षेत्रमा काम गर्ने गैर नाफामूलक संस्थाहरुलाई १५ लाख रुपैयाँसम्म अनुदान दिने भएको छ।
मन्त्रालयले हालै पत्रकारितासँग सम्बन्धित संघ संस्थाहरुलाई अनुदान तथा आर्थिक सहयोग वितरण सम्बन्धी कार्याविधि २०८० पारित गर्दै सोही कार्यविधिको आधारमा अनुदान रकम दिने भएको हो।
मन्त्रालयले सार्वजनिक सूचना माग गर्दै उक्त अनुदान तथा सहयोग लिन इच्छुक संघ संस्थाहरुसँग आवेदन माग गरेको छ।
मन्त्रालयकाअनुसार वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा पत्रकारिता, संचार र सूचनाका क्षेत्रमा काम गर्ने गैर नाफामूलक लक्ष्य संस्थाहरूलाई अनुदान प्रदान गर्ने कार्यक्रम रहेको छ। उक्त अनुदान वितरण सम्बन्धी कार्यक्रमलाई व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउन —पत्रकारितासँग सम्बन्धित संघ संस्थाहरूलाई अनुदान तथा आर्थिक सहयोग वितरण सम्बन्धी कार्यविधि २०८० जारी गरिएको जनाएको छ।
उक्त कार्यविधिले तोकेको विधि प्रक्रिया तथा मापदण्डभित्र रहेर इच्छुक सरोकारवाला संस्थाहरूलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कार्यक्रमको विस्तृत प्रस्ताव मन्त्रालय (प्रेस तथा सूचना समन्वय शाखा) मा पेश गर्न सूचनामा भनिएको छ।
यस्तो छ कार्यविधि-
1713234135_26प्रकाशित: ४ बैशाख २०८१, मंगलवार