Technology Khabar ३ बैशाख २०८१, सोमबार
काठमाडौं ।
माइक्रोसफ्टले तपाइँको विन्डोज ११ स्टार्ट मेनुमा विज्ञापनहरू राख्ने विचार गरिरहेको छ। माइक्रोसफ्टले हालसालै बीटा च्यानलमा विन्डोज ११ इनसाइडर्सको लागि नयाँ अपडेट (केबी ५०३७०००) रोल आउट गरेको छ।
विन्डोज स्पटलाइटका लागि नयाँ इन्टर्याक्टिभ एलिमेन्टस (अन्तरक्रियात्मक तत्वहरू) प्रस्तुत गर्नुको साथसाथै, यो अद्यावधिक स्टार्ट मेनुमा थप एपको रुपमा विज्ञापन देखाउने योजना गरेको एक रिपोर्टमा उल्लेख गरिएको छ।
यी सिफारिसहरू स्टार्ट मेनुको “रेकमेन्डेड” सेक्सन (सिफारिस गरिएको खण्ड) मा पप अप हुन्छन् र तपाइँको हालको एप प्रयोगको आधारमा माइक्रोसफ्ट स्टोरबाट एपहरू देखाउने छ। यसको अर्थ तपाईंले आफ्नो रुचिहरूसँग मेल नखाने एप्स पनि हेर्नुपर्ने हुनसक्नेछ।
हाल, स्टार्ट मेनुले एपहरूलाई “पिन गरिएको” र “रेकमेन्डेसन्स” सेक्सन (सिफारिसहरू खण्डहरू) मा व्यवस्थित गर्ने गरिएको छ। साथै रेकमेन्डेसन्स (सिफारिसहरू) मा सामान्यतया हालसालै प्रयोग गरिएका फाइलहरू वा एपहरू, नयाँ इन्स्टल गरिएका एपहरू र नयाँ विन्डोज फिचर्स प्रयोग गर्ने सुझावहरू पनि समावेश हुन्छ।
यद्यपि यी सिफारिस गरिएका एप्स प्लेसमेन्टको लागि भुक्तानी गर्ने एप विकासकर्ताहरूबाट सिधै नआएतापनि माइक्रोसफ्टले आफ्नो स्टोर मार्फत वितरण गरिएका एपहरूबाट राजस्व कमाउने बताईएको छ। त्यसैले, प्रयोगकर्ताको दृष्टिकोणबाट यो अझै पनि विज्ञापन जस्तै महसुस हुनेछ।
यद्यपि, यस फिचरलाई पूर्णरूपमा असक्षम गर्न सकिने छ।
यो परिवर्तनले हाल बीटा च्यानल र पर्सनल डिभाइस (व्यक्तिगत उपकरणहरू) मा इनसाइडर्सलाई मात्र असर गर्नेछ, जसको अर्थ वर्क कम्प्युटरमा अहिलेको लागि प्रभाव नपर्ने उल्लेख गरिएको छ।
यद्यपि, यो फिचर (सुविधा) विन्डोज ११ को अन्तिम रिलीजमा समावेश हुन्छ वा हुँदैन भनेर माइक्रोसफ्टले पुष्टि गरेको छैन। कम्पनीले प्रतिक्रिया सङ्कलन गर्न इनसाइडर प्रोग्राम प्रयोग गरिरहेको छ र प्रयोगकर्ताको प्रतिक्रियाको आधारमा तिनीहरूले विचारलाई पूर्ण रूपमा स्क्र्याप (खारेज) गर्ने निर्णय गर्न सक्छन्।
प्रकाशित: ३ बैशाख २०८१, सोमबार