Technology Khabar ३ बैशाख २०८१, सोमबार
काठमाडौं ।
टिकटकले व्यापारीहरूको उत्पादनहरू प्रवर्द्धन गर्नका लागि मद्दत गर्न डिजाइन गरिएको एआईमा आधारित ‘भर्चुअल इन्फ्लुएन्सर्स’को परीक्षण गरिरहेको छ। यो प्रविधिले स्क्रिप्ट र स्टोर सिफारिसहरूमा आधारित विज्ञापनहरू प्रवर्द्धन गर्दै व्यापारीहरूका लागि डिजिटल सेलिब्रेटी पर्सोना (व्यक्तित्व) सिर्जना गर्ने जनाइएको छ।
यद्यपि, परियोजनाले मानव सिर्जनाकर्ताहरूसँग प्रतिस्पर्धा र सम्भावित प्रयोगकर्ता प्रतिक्रियाको बारेमा चिन्ता बढाएको उल्लेख छ।
द इन्फर्मेसनका अनुसार, रियल इन्फ्लुएन्सर्स (वास्तविक प्रभावकारीहरू) भन्दा कम बिक्री उत्पन्न गर्दै एआई प्राइमटाइमको लागि तयार नभएको टिकटकको आन्तरिक परीक्षणले खुलासा गरेको छ। साथै एआईले अन्ततः मानव मार्केटिंग प्रयासहरूलाई प्रतिस्थापन नगरेर पूरक बन्ने तिनीहरूले विश्वास व्यक्त गरेका उल्लेख गरिएको छ।
परियोजनासँग परिचित विज्ञापनदाताहरूले यो एक अनिश्चित लन्च मितिको साथ प्रारम्भिक विकासक्रममा रहेको बताएका छन्। टिकटकको मूल कम्पनी बाइटडान्सले भने फिचर (सुविधा) लाई पूर्ण रूपमा परिमार्जन गर्न वा स्क्र्याप गर्न पनि सक्ने अनुमान छ।
टिकटकको चिनियाँ संस्करण डुयिनको पनि उस्तै प्रवृतिको बीचमा यो समाचार आएको हो, जहाँ धेरै सिर्जनाकर्ताहरू आम्दानीका लागि स्थापित ब्रान्डहरूसँग साझेदारीमा निर्भर रहेका छन्। टिकटकले आफ्नो १ बिलियन अमेरिकी डलर क्रिएटर फन्ड सब्सिडी कार्यक्रम रद्द गरेपछि यो मोडलले आकर्षण प्राप्त गरेको र केही सिर्जनाकर्ताहरूले भने आर्थिक दबाब महसुस गरेको गिज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।
प्रकाशित: ३ बैशाख २०८१, सोमबार