Technology Khabar २ बैशाख २०८१, आईतवार
काठमाडौं ।
भारतीय इलेक्ट्रिक दुई पांग्रे निर्माता अल्ट्राभोयलेट अटोमोटिभले आफ्नो इलेक्ट्रिक मोटरसाइकलमा ८ लाख किलोमिटरसम्मको वारेन्टी प्याकेज घोषणा गरेको छ। कम्पनीले आफ्नो अल्ट्राभायलेट एफ७७ इलेक्ट्रिक मोटरसाइकल ८ लाख किलोमिटरसम्मको वारेन्टी कभरेजका साथ उपलब्ध हुने जानकारी दिएको हो।
बैंगलुरु आधिरित स्टार्टअप अल्ट्राभायलेट अटोमोटिभले हालसम्म कुनै पनि कम्पनीद्वारा घोषणा गरिएको सर्वश्रेष्ठ वारेन्टी प्याकेज घोषणा गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
तीन फरक प्याकेजमा वारेन्टी
कम्पनीले तीन वर्षदेखि ८ वर्ष तथा ६० हजार किलोमिटरदेखि ८ लाख किलोमिटरसम्मको वारेन्टी प्याक उपलब्ध गराइरहेको छ। अल्ट्राभायलेट यस वारेन्टीलाई तीन फरक फरक प्याकमा पेश गर्नेछ।
जसमा यूभी केयर, यूभी केयर प्लस र यूभी केयर म्याक्स समावेश छ। कम्पनी यूभी केयर प्लान्का मार्फत आफ्नो इलेक्ट्रिक मोटरसाइकलमा तीन वर्ष वा ६० हजार किलोमिटर वारेन्टी दिनेछ। यस्तै यूभी केयर प्लस प्लानमा ५ वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी पाउन सकिन्छ।
साथै अधिक वारेन्टी खोज्ने ग्राहकका लागि कम्पनीले यूभी केयर म्याक्स प्याक अन्तर्गत ८ वर्ष वा ८ लाख किलोमिटरको वारेन्टी प्याक उपलब्ध गराउनेछ। यद्यपि सुपर वारेन्टी प्लन सिर्फ कम्पनीको एफ७७ इलेक्ट्रिक मोटरसाइकल मोडलमा लागु हुनेछ।
यस वारेन्टी प्लानको लाभ भारतीय ग्राहकले मात्र नभएर विदेशी ग्राकलले पनि उपयोग गर्न सक्नेछन्। कम्पनीले यस अघि अधिकतम ३० हजार किलोमिटरदेखि एक लाख किलोमिटरसम्म वारेन्टी प्लान उपलब्ध गराएको थियो। अहिले वारेन्टी प्लान बढाइएको छ।
युवा राइडर्सलाई आकर्षित गर्न अल्ट्राभायलेटले नयाँ प्लान ल्याएको हो। यसका अतिरिक्त कम्पनी छिट्टै अर्को नयाँ प्रोडक्ट लन्च गर्ने योजनामा छ। नयाँ इलेक्ट्रिक मोटरसाइकल अप्रिल २४ मा लन्च हुने बताइएको छ।
आगामी मोटरसाइकल हाल उपलब्ध अन्य इलेक्ट्रिक मोटरसाइकल भन्दा उत्कृष्ट हुने कम्पनीको दाबी छ। अल्ट्राभायलेटको एफ७७ मोटरसाइकल भारतमा उपलब्ध इलेक्ट्रिक दुई पांग्रेमध्ये सर्वाधिक तीव्र रहेको छ।
एफ७७ मोटरसाइकलको अधिकतम स्पीड १४० किलोमिटर प्रति घण्टा छ। यो मोटरसाइकल २.९ सेकेन्डमा ० देखि ६० किलोमिटरमो गति लिन सक्षम छ। मोटरसाइकलले फुल चार्जमा ३०७ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।
प्रकाशित: २ बैशाख २०८१, आईतवार