
काठमाडौं ।
एप्पलले अब आईफोनहरूको लागि सेल्फ रिपेयर एण्ड इन्डिपेन्डेन्ट रिपेयर प्रोग्राम्स (स्व–मर्मत र स्वतन्त्र मर्मत कार्यक्रमहरू) विस्तार गरेको छ। यस परिवर्तनको अर्थ अब तपाईले आफ्नो स्मार्टफोन विशेष गरी प्रयोग गरिएका वास्तविक पार्ट्सका साथ आफैंले मर्मत गर्न सक्नुहुनेछ।
यो कदम कम्पनीको लागि पहिलो भएको र आईफोनहरूको लागि अझ दिगो भविष्यतर्फको कदम भएको उल्लेख छ।
यसअघि, मर्मतका लागि ग्राहकहरु नयाँ पार्टपुर्जामा निर्भर हुने गरेका थिए। यद्यपि, यो सबै एप्पलको नयाँ “पार्ट्स क्यालिब्रेसन” प्रक्रियामा परिवर्तन भएको जनाइएको छ। एप्पलका अनुसार प्रयोग गरिएका पार्ट्स अर्को आईफोनमा इन्स्टल गरेपछि यो प्रक्रियाबाट जाने उल्लेख गरिएको छ। त्यसका साथै पार्टहरु वास्तविक भएसम्म बिना कुनै पनि प्रतिबन्ध निर्बाध रूपमा कार्य गर्ने उल्लेख गरिएको छ।
यसले प्रयोगकर्ताहरू र स्वतन्त्र मर्मत पसलहरूका लागि अन्य आईफोनहरूबाट प्रयोग गरिएका पार्टहरूसँग दोषपूर्ण कम्पोनेन्टहरू स्वाप गर्नका लागि ढोका खोलेको छ। यो कार्यक्रम “सेलेक्ट आईफोन मोडलहरू”का साथ यसै वर्षा यामदेखि सुरु हुनेछ।
साथै यी प्रयोग गरिएका वास्तविक पार्टहरूले पनि “नयाँ वास्तविक एप्पल पार्टहरूले जस्तै, मूल कारखाना क्यालिब्रेसनले प्रदान गर्ने पूर्ण कार्यक्षमता र सुरक्षा” प्रदान गर्नेमा एप्पलले जोड दिएको छ।
त्यसैगरी कम्पनी “पार्ट पेयरिङ” को लागी पनि प्रतिबद्ध रहेको र यसले मर्मत पार्ट्सको प्रामाणिकता प्रमाणित गर्नुका साथै तिनीहरुको बारेमा महत्वपूर्ण जानकारी जम्मा गर्ने जनाइएको छ। यसले प्रयोगकर्ताको गोपनीयता, सुरक्षा र डिभाइस सेफ्टिको सुनिश्चित गर्ने थप उल्लेख छ। यसअघि, कुनैपनि पार्टस आफ्नो मूल उपकरणसँग “पेयर्ड” हुने भएकाले आईफोनको पार्ट (भाग) लाई अर्को फोनबाट प्रतिस्थापन गर्दा समस्याहरू उत्पन्न हुने गरेको थियो।
विगत दुई वर्षमा, एप्पलका विकास टोलीहरूले फेस आईडी र टच आइडी सेन्सरहरू जस्ता बायोमेट्रिक कम्पोनेन्टहरूको पुनः प्रयोगलाई सक्षम पार्ने कुरामा ध्यान केन्द्रित गरेका छन्। कम्पनीकाअनुसार, यसको अद्यावधिकले प्रयोग गरिएको पार्ट इन्स्टल्ड भएपछि, क्यालिब्रेसन प्रक्रिया सिधै डिभाइसमा भइरहेको देखिनेछ।
यस बाहेक, भविष्यका आईफोनहरू प्रयोग गरिएका बायोमेट्रिक सेन्सरहरूलाई समर्थन गर्नका लागि प्रि–इक्विप्ड भएर आउने जनाइएको छ। यसले ग्राहकहरू र मर्मत प्रदायकहरूलाई लजीक बोर्ड प्रतिस्थापन समावेश नभएको पार्टहरू अर्डर गर्दा डिभाइसको सिरियल नम्बर प्रदान गर्ने आवश्यकतालाई हटाएको उल्लेख गरिएको छ।
साथै पार्टपुर्जाहरूका लागि चोरी भएका आईफोनहरूको प्रयोगलाई रोक्न, एप्पलले व्यक्तिगत कम्पोनेन्टहरू समावेश गर्न एक्टिभेसन लक विस्तार गर्दैछ। यदि मर्मत अन्तर्गत डिभाइसले एक्टिभेसन लक वा लस्ट मोड सक्षम भएको अर्को आईफोनबाट झिकिएका समर्थित पार्ट पत्ता लगायो भने, त्यो पार्टको लागि क्यालिब्रेसन प्रक्रिया इन्स्टलमा प्रतिबन्धित हुनेछ।
प्रकाशित: १ बैशाख २०८१, शनिबार