नेपाल टेलिकमले नयाँ वर्षको अवसर पारेर ल्यायो स्प्रिङ अफर, यस्ता छन् सुबिधाहरु

Technology Khabar ३० चैत्र २०८०, शुक्रबार

काठमाडौं ।

नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ। यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याएको हो।

टेलिकमका अनुसार रु. १८ मा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ भने रु. ३५ मा २ घण्टा सम्म प्रयोग गर्न सकिने 2 Hour Unlimited Data Pack उपलब्ध छ।

यी बाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध रहेको टेलिकमले जानकारी दिएको छ।

  • नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु. ५९९ मा उपलब्ध हुने बताईएको छ।
  • नयाँ डाटा प्याकेज अन्तर्गत रु. २४ मा १ घण्टाको भ्वाइस तथा डाटा प्याकेज  (1 Hour Voice and Data Package) उपलब्ध हुनेछ। सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ। त्यसैगरी रु. २० मा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र रु. ८० मा ३ दिनसम्म चलाउन सकिने तथा रु.१०९ मा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ। यी वाहेक रु. ३९९ मा २८ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ।
  • यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ।
  • जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ। यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी (Vo-LTE) भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुने उल्लेख छ।

स्प्रिङ अफर आजदेखि लागु भएको जारी विज्ञप्तीमा जनाएको छ।

प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया